काठमाडौं । रगतको समूह किन फरक फरक हुन्छ भनी वैज्ञानिकहरु समेत भन्न सक्दैनन् । रगतबारे कतिपय तथ्य हामीमध्ये धेरैलाई थाहा नै छैन । मानिसमा ३० वटा मान्यता प्राप्त रक्त समुहहरु रहेका छन् । रगत मानव शरीरमा रहेको त्यस्तो तरल पदार्थ हो, जसले शरीरका सम्पूर्ण अंगहरु समक्ष पोषक तत्व तथा अक्सिजनलाई लैजाने काम गर्छ।
रगतमा भएका रातो रक्तकोषिकाहरुले शरीरमा अक्सिजन प्रवाह गर्छ । त्यस्तै सेतो रक्तकोषिकाहरुले रोग तथा भाइरससँग लड्न प्रतिरक्षा प्रणालीको रक्षा गर्छ । रगतले मानव शरीरमा रहेका कार्वनडाइअक्साइड जस्ता मेटाबोलिक फोहोरहरुलाई बाहिर निकाल्छ ।
रगतमा भएको हेमोग्लोबिन नामक तत्वले रगतलाई रातो बनाउँछ । मानिसको शरीरमा करिब ७ प्रतिशत भाग रगत रहेको हुन्छ । मानव मेरुदण्ड ४५ प्रतिशत रक्तकोषिका र ५५ प्रतिशत रक्तप्लाज्माबाट बनेको हुन्छ । रक्त समुह मध्ये ० पोजेटिभलाई साझा रक्त समुह मानिन्छ भने एबी नेगेटिभ सबैभन्दा दुर्लभ रक्त समुह हो । संसारमा रहेका करिब ४ सय प्रजातीहरु रगत मात्रै खाएर बाँच्छन् ।
ब्रेन ह्यामरेजको मुख्य कारण रगत नै हो । केही जीवमा निलो तथा केहीमा हरियो तथा बैजनी रंगको रगत पनि हुन्छ । विश्वमा रहेका करिब ४ प्रतिशत मानिसहरुमा ब्लड इन्जुरी इन्जेक्सन फोबिया रहेको हुन्छ । यी मानिसहरु रगतदेखि धेरै नै डराउने गर्छन् ।