काठमाडौं । महिनावारी हुँदा प्रजनन् अंगको सरसफाइ आवश्यक हुन्छ । सरसफाइको कमीले प्रजनन् अंगमा संक्रमण हुन सक्ने भएको हुनाले निम्न तरिकाबाट सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ।
-साबुनको प्रयोग गरी नियमित नुहाउने गर्नुपर्छ, पानी मनतातो भएमा बेस हुन्छ, साबुनको प्रयोगपछि सफा पानीले राम्ररी पखाल्नुपर्छ । महिनावारी हुँदाको रगतमा एक विशेष गन्ध हुने भएकाले नुहाउँदा यौन अंगलाई सफा गर्नु एकदम आवश्यक हुन्छ ।
-महिनावारीको रगत सोस्नलाई स्यानिटरी प्याड वा सफा सुती कपडाको प्रयोग गर्नु पर्छ प्याड गर्दाे एउटै प्याड ४– ६ घन्टाभन्दा बढी प्रयोग गर्नु हुँदैंन त्यसैले सो अवधिमा प्याड फेर्दै प्रयोग गर्नुपर्छ ।
-रगतले भिजेको प्याडले तिघ्रामा रगडिएमा त्यहाँको छाला पाछिन सक्छ । त्यसैकारण काछ तथा तिघ्राको भाग सुक्खा राख्नुपर्छ । आवश्यक भएमा पाउडर लगाउने गर्नुपर्छ ।
-हल्का किसिमको व्यायामको साथसाथै नियमित कामहरु गर्न सकिन्छ । प्रयोग भएका प्याडलाई जथाभाबी नफालिकन उचित तरिकाले फ्याल्नु पर्छ । फोहोर फाल्ने ठाउँमा कुनै पनि कागजमा वा प्लाष्टिकको व्यागमा राखेर फाल्नुपर्छ । आधुनिक चर्पीमा बगाउने गर्नु हुँदैंन यसले पाइप बन्द गरिदिन सक्छ ।
-यदि बजारमा उपलब्ध भएका स्यानिटरी प्याड किन्न सकिदैंन भने घरमै पनि बनाउन सकिन्छ । सफा सुती कपडाको ठूलो टुक्रा लिई त्यसलाई पट्याउँदैं आफूलाई चाहिने आकारको प्याड बनाउनुपर्छ । यस्तो प्याड बनाउँदा सिन्थेटिक वस्तु वा सिल्क प्रयोग गर्नु हुँदैंन । प्रयोग गरिएको कपडा भरसक हल्का रंगको हुनुपर्छ ताकि राम्रो सफा भएको नभएको हेर्न सकियोस् । यसलाई पुन प्रयोग गरिने भएको हुनाले राम्ररी धोएर घाममा नै सुकाउनु पर्छ ।