पहिलो पटक महिनावारी भएका किशोरीहरु योनीबाट रक्तस्राव देखेपछि आत्तिने गर्छन् । कसै कसैमा केही बढी रक्तस्राव पनि हुन सक्छ ।
महिनावारी हुँदा कमजोरी महसुस हुने,अल्छीपना, रिगँटा लाग्ने , तल्लो पेट दुख्ने, स्तन दुख्ने,हातगोडा दुख्ने,हिँड्न ग्राहो हुने,खान मन नलाग्ने, मानसिक तनाव हुने , आत्मसम्मानमा चोट , आत्मविश्वासमा कमी आदि हुनसक्छ ।
किनकी धेरैजसो किशोरीहरुलाई महिनावारीको ज्ञान नहुनुका साथै हाम्रो समाजमा यो स्वस्थ र साधारण प्रक्रियालाई पनि सामाजिक र धार्मिक कुराहरुसँग जोडेर व्यवहारमा छुट्याएर राख्ने,छुन नहुने जस्ता कुरा गरिएिको हुन्छ ।
त्यसैले पहिलो पटक महिनावारी हुँदा घरमा भए आमा वा दिदीलाई, विद्यालयमा भए शिक्षक वा शिक्षिकालाई जानकारी गराई सहयोग लिनुपर्छ । परिवार र विद्यालयले पनि यस्ता किशोरहरुको समस्या बुझी त्यसको उचित व्यवस्थापन गराउनु पर्दछ ।