काठमाडौं । माया प्रेममा पर्नु ठीक हो या बेठीक भन्ने कुरा यतिकै मन्न गाह्रो छ । माया र प्रेम भन्ने कुरा प्राकृतिक संवेग हुन् । कुनै पनि व्यक्तिले यी संवेगलाई रोकेर राख्न सक्दैन तर नियन्त्रणमा भने राख्न सक्छ ।
तसर्थ माया पर्नु ठीक वा बेठीक भन्ने हुँदैंन । संवेग भावनात्मक हुन्छ । प्रेम संवेगात्मक हुन्छ । त्यसैले यसलाई नियन्त्रित रुपमा अघि बढाउन सक्यौं भने यसले धेरै कुरा सिकाउँछ ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने यदि पढ्ने र केही गर्ने समयमा हामीले माया प्रेम भनेर त्यसैमा मात्र ध्यान केन्द्रित गरेमा भने यसले हाम्रो पढाइ र भविष्य नै तहसनहस हुन सक्छ । साथै प्रेमलाई केवल यौनसम्पर्कको पर्यायको रुपमा लिनु पनि ठीक होइन ।
माया प्रेम भनेका मानवमा हुने उत्कृष्ट संवेगात्मक भावनाहरु हुन् । यो हामी आमाको गर्भमा भएको केही महिनापछि नै विकास हुन्छ । किशोरावस्थामा हुने प्रेम सम्बन्ध यसको विकसित रुप हो ।
कोही व्यक्तिले नयाँ साथी बनाउँदा वा ऊसँग प्रेम सम्बन्ध राख्दा उसको पढाइ बिग्रने र सुध्रिने भनेको सोही व्यक्तिले सम्बन्धलाई कसरी लिएको छ भन्ने कुरामा निर्भर रहन्छ ।
(मित्रता र माया भन्ने पुस्तकबाट)