काठमाडौं । गर्मी महिना लागेसगैँ विभिन्न रोगले पनि सताइरहेको हुन्छ । गर्मी याममा अनेक समस्याबाट मुक्ति पाउनका लागि माटोको भाँडामा राखेको पानी खानु सबै भन्दा उत्तम उपाय हो । आयुर्वेदमा माटोको भाँडामा राखिएको पानी शीतल, हल्का, स्वच्छ र अमृत समान मानिन्छ । माटोको भाँडामा राखिएको पानी पिँउदा शरीरको गतिलशिलता नियन्त्रण गर्ने र शरिरमा शितलता प्रदान गर्छ।
१. माटोको भाँडामा राखेको पानी पिउनाले थकान दुर हुन्छ ।
२. यो पानी पिउनाले पेट ढ़ूस्स हुने समस्या हुँदैन।
३. माटोको भाँडामा प्रयोग भएको माटो कीटाणुनाशक हुन्छ, जसले प्रदुशित पदार्थ सफा गर्ने काम गर्छ।
४. विहानको समयमा यस भाँडोमा राखिएको पानी प्रयोग गरेमा मुटु तथा आँखाको लागि अतिनै लाभदायिक हुन्छ।
५. घाँटी खसखस गर्ने, पेट पोल्ने, भोजन नलिको जलन कम गर्न माटॉको भाँडामा रखिएको पानी निकै नै उपयोगी हुन्छ।