हामी अरु मानिसहरुले बोलेको सुनेर आफ्नो बोलाईको विकास गर्दछौं र त्यसपछि उनीहरुले बोलेको नक्कल गर्ने प्रयास गर्छाैं। बच्चाहरु उनीहरुको वरिपरि अरुले बोलेको शब्दहरु सुनेर बोल्न सिक्दछन् । यदि उनीहरुaमा बहिरोपना छ भने उनीहरुले सही तरिकाले शब्दहरु सुन्दैननु र उनीहरुले गलत शब्दहरु उच्चारण गर्छन्।
जन्मजात रुपमा बहिरोपना भएका बच्चाहरु वा बोल्न सक्ने उमेर भन्दा पहिले बहिरोपना भएका बच्चाहरुले शब्दहरु सुन्न सक्दैननु र बोल्न पनि सक्दैनन्। त्यसैले उनीहरुले विशेष प्रशिक्षण बिना बोली विकास गर्न सक्दैन । उनीहरुलाई कुराकानी गर्न सांकेतिक भाषा प्रयोग गर्न आवश्यक हुन्छ । वयस्क उमेरमा बहिरोपन भयो भने शब्दहरु गलत बोल्न सक्छन् किनभने उनीहरुले आफ्नै आवाज राम्ररी सुन्न सक्दैनन् ।
उमेर अनुसार बच्चाहरुले कसरी आवाज ध्वनिहरुप्रति प्रतिक्रिया जनाउनु पर्दछ ।
केही हप्ता देखि ६ महिना सम्मका बच्चाहरु :आवाज सुन्दा आँखा खोल्ने , झिम्काउने गर्नु पर्दछ ।
६ महिनाका बच्चाहरु :आवाज सुन्दा आवाज आएतिर आँखाले हेर्ने वा टाउको आवाज आएतिर घुमाउँछन् ।
९ महिनाका बच्चाहरु :ठूला आवाज ध्वनिहरु सुनेर आफैं आवाज निकाल्न थाल्छन् ।
१ वर्षका बच्चाहरु :नामले बोलाउँदा प्रतिक्रिा दिने र बाबा, मामा, आमा भन्न सक्छन् ।
१८ महिनाका बच्चाहरु :चिनेका कुराहरु देखाउ भन्दा देखाउन सक्छन् ।
(मुख स्वास्थ्य सम्बन्धि पुस्तकबाट)