मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मृगौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ ।यसकारण हुन्छ मृगौला फेल
१. नुनः
धेरै नुन खाँदा रक्तचाप बढ्छ । यसले मृगौलामाथि लोड बढ्ने गर्दछ र मृगौला फेल हुने गर्दछ ।
२. मधुमेहः
शरिरमा चिनीको मात्रा बढ्दा मृगौलामाथि फिल्टर गर्ने लोड बढ्ने गर्दछ जसका कारण मृगौला फेल हुनसक्छ ।
३. तनावः
तनावका कारण पैदा हुने हार्मोनले मृगौलालाई नोक्सानी पुर्याउँछ । मृगौला फेल हुने सम्भावना बढ्ने गर्दछ ।
४. गतिहीन जीवनशैलीः
यसले शरिरमा टक्सिन बढ्ने गर्दछ । मृगौलाले यी टक्सिनलाई बाहिर निकाल्न पाउँदैन जसका कारण यो फेल हुनसक्छ ।
५. धुम्रपान र मध्यपानः
यसले शरिरमा टक्सिन बढाउने गर्दछ । मृगौलाले यी टक्सिनलाई फिल्टर गर्न पाउँदैन र फेल हुनसक्छ ।
मृगौला फेल भएका ५ लक्षणः
१. पिसाबमा समस्याः
धेरै पिसाब आउनु, पिसाब फेर्न समस्या हुनु, पोल्ने, फिँजयुक्त पिसाब र पिसाबमा रगत देखिनेजस्ता लक्षण हुनसक्छन् ।
२. सुन्निनेः
टक्सिन फिल्टर नहुँदा पानी जम्मा हुने भएकाले शरिर सुन्निने गर्दछ जसलाई एडिमा भनिन्छ ।
३. छाला रोगः
रगतमा यूरियाको स्तर बढ्दा छाला रोग, मुख गन्हाउने, बान्ता होला जस्तो अनुभव हुनेजस्ता समस्या निम्तिन सक्छ ।
४. जोर्नी दुखाईः
शरिरमा टक्सिन बढ्दा हड्डी र जोर्नीमा दुखाई हुनसक्छ । थकान र कमजोरी पनि हुनसक्छ ।
५. कमजोरीः
मृगौला खराबीका कारण रगतमा अक्सिजनको संचार राम्रोसँग हुन पाउँदैन । यसले कमजोरी पनि निम्त्याउन सक्छ।