एजेन्सी । महिलामा सबैभन्दा डरलाग्दो रुपमा हुने समस्या भनेको नै स्तन क्यान्सरको समस्या हो । स्तनमा हुने विभिन्न समस्याहरुलाई वास्ता नगर्नाले महिलाहरुलाई स्तन क्यान्सरले सताउने गर्छ । महिलामा मात्र नभएर पुरुषमा पनि यो समस्या हुन्छ ।
नेपाल लगायत विकासोन्मुख राष्ट्रमा महिला र पुरुष दुवै स्तनको जाँच गर्न लजाउने कारणले गर्दा पनि यो समस्याले विकराल रुप लिँदै गरेको हो । नेपालमा दोस्रो ठूलो स्वास्थ्य समस्याको रुपमा रहेको स्तन क्यान्सर समयमै उपचार गरे निको हुने चिकित्सकहरुको भनाइ छ । तर स्तन क्यान्सरको बारेमा पौराणिक मान्यता र वास्तविकता भने कहिँ फरक रहेको छ ।
भ्रम र यथार्थ
स्तन क्यान्सर आनुवंशिक रोगको हो । मात्र ५ देखि १० प्रतिशत मान्छेलाई मात्र बंशाणुगत कारणले स्तन क्यान्सर हुन्छ । हाम्रो दैनिक जीवनको प्रभाव नै क्यान्सरको मुख्य कारण हो । स्तन क्यान्सरको जोखिम कम हुदैन् । स्वास्थ्य शरीर, दैनिक व्याम, एल्कोहलको कम प्रयोगले स्तन क्यान्सरको जोखिम कम हुन्छ ।
ब्राले स्तन क्यान्सर हुन्छ । ब्राले स्तन क्यान्सर हुदैन । सन् २०१४ को साइंटिफिक स्टडीजको अनुसार ब्रा र स्तन क्यान्सर बीच कुनै सम्बन्ध रहेको छैन । जुन महिला ब्राको प्रयोग गर्दैनन् उनीहरुलाई पनि स्तन क्यान्सर भएको पाईन्छ ।
दैनिक मेम्मोग्रामले स्तन क्यान्सरबाट बच्न सकिन्छ |मेम्मोग्रामले स्तन क्यान्सरलाई निको पार्दैन । तर स्तन क्यान्सर हो कि होइन भनेर चाहिँ मेम्मोग्रामबाट पत्ता लगाउन सकिन्छ । जसले गर्दा उपचार गर्न सजिलो हुन्छ । दुर्गन्ध हटाउने केमिकलले क्यान्सर हुन्छ । यो खाले केमिकलले कुनै नकरात्मक असर गर्दैन ।