काठमाडौं ।गर्भावस्था आफैँमा जटिल समय हो । यो अवस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ । विशेषगरी, खानपानमा सचेत हुँदा आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक असर पार्छ ।
खानपानको साथ साथै गर्भवती महिलाले गर्न नहुने केही क्रियाकलापहरुलाई तल प्रस्तुत गरिएको छ ।
- दुई पांग्रे सवारी चलाउन हुँदैंन: दुई पाङ्ग्रे सवारीसाधन चलाउनु हुन्छ भने गर्भावस्थाको ९ महिनासम्म नै चलाउन मिल्छ तर, एकदमै स्लो । स्पिड ब्रेकरको एकदमै ख्याल राख्नुपर्छ ।
- १० के.जी भन्दा बढी वजन उठाउनै हुँदैन । किनभने भारी वजन उठाउँदा रक्तस्राव हुने सम्भावना हुन्छ ।
- घुँडाको सहायताले निहुँरिएर बेन्ड भएर वजन उठाउनु पर्छ जस्ले गर्दा पेट तथा ढाँडमा बल पर्दैन ।सिधा निहुँरिएर कुनै पनि सामान उठाउँदा कम्मरमा बल पर्ने भएकोले गर्भ खेर जान सक्छ ।
- कफी पिउनुहुँदैंनः कफीमा रहेको क्याफिन भन्ने तत्वले बच्चामा हुने रक्तसञ्चारलाई कम गर्छ । सँगसँगै कफिको कारणले आमाको प्रेसर बढ्ने सम्भावना पनि हुन सक्छ । त्यसैले कफी नपिउने तर थोरै मात्रामा ग्रिन टी, हर्बल टी पिउन सकिन्छ ।
- काँचो मेवा खानुहुँदैनः काँचो मेवाले गर्भपतन गराउने सम्भावना एकदमै धेरै हुने गर्छ । अल्कोहल सेवन तथा धुम्रपान समेत गर्भवतीका लागि हानिकारक मानिन्छ ।
- रक्तस्राव भएमा यौन सम्पर्क गर्नुहुँदैंनः यदि गर्भ रहेको अवस्थामा यौन सम्पर्क गर्दा रत्तस्राव भएमा यौन सम्पर्क गर्नुुहुँदैन । यदि बलपूर्वक यौन सम्पर्क भएमा रक्तस्राव बढ्ने गर्छ ।
- फ्रेस जुसको मात्र सेवन मात्रः गर्भवती भएका महिलाहरुले जुसको सेवन गरेमा सधैं फ्रेस जुसको मात्रै सेवन गर्नुपर्ने हुन्छ । विभिन्न प्रकारका सफ्ट डिक्सको प्रयोग पनि धेरै गर्नु हुँदैन । यसमा प्रयोग भएका विभिन्न प्रकारका केमिकलहरुले बच्चालाई अपांग समेत गराउन सक्ने भएकोले कोल्ड डिंक्सको प्रयोग गर्नुहुँदैंन ।
- गर्भवती महिलाहरुले घरबाट बाहिर गएर खानुपर्ने भएमा चाइनिज र मेक्सिकन फुडहरु खानु हुँदैंन । त्यस्ता खानाहरुमा धेरै अजिना मोटो प्रयोग भएको हुन्छ । अजिना मोटोले बच्चालाई ९५ प्रतिशतसम्म असर गर्छ ।
- बासी खाना खानुहुँदैन: गर्भवती महिलाले घरमै बनाए भएपनि बासी खाना खानु हुँदैंन । गर्भमा रहेका महिलाहरुले बिहान र बेलुका फ्रेस बनाएको खाना मात्रै खाने गर्नुपर्छ ।
- औषधिहरु समयमा सेवन गर्ने : धेरै जनाले मैले खाना राम्रोसँग खाएको छु भनेर फोलिक एसिड र मल्टि भिटामिन्सहरु खाँदैनन् । तर, जरुरत पनि दोब्बर हुन्छ । त्यसैले खानामात्र खाएर पुग्दैन । चिकित्सकको सल्लाह अनुसार फोलिक एसिड र मल्टि भिटामिनहरुको पनि समयमै सेवन गर्नुपर्छ ।