काठमाडौं । कलेजोमा बोसोपना (फ्याटीलिभर) बढ्नु पछिल्लो समयमा शहरीकरणसँगै बढेको समस्या हो । यसले भविष्यमा विकराल रूप नै लिने खतरा देखिन्छ । कलेजोमा बोसोपना बढ्नु विभिन्न शारीरिक प्रक्रियाको उपज हो ।
लक्षण
– भोक कम लाग्नु ।
– पेट फुलिनु ।
– आँखा र छालामा पहेंलोपन देखिनु ।
– चक्कर आउनु वा कमजोरी महसुष गर्नु ।
– खाना ठीक ढंगले नपच्नु र एसिडीटी हुनु
– पेटको दाँयाबाँया भागमा पीडा हुनु ।
रोकथाम
– स्वस्थ जीवनशैली अपनाउने
– फ्याट्टी लिभरका बिरामीहरुले रक्सी सेवनविल्कुलै नगर्ने
– गुलियो, बिशेष गरी सोडा तथा प्रिजरभेटीम भएका खाना नखाने
– नियमित रूपमा शारीरिक व्यायाम गर्ने
– ठिक मात्रामा मात्र खाना खाने
कलेजोमा बोसो जम्ने समस्याको उपचार कसरी गर्ने ?
१. यस्तो अवस्थामा दिनमा दुई पटक प्याजको सेवन गर्न सकिन्छ ।
२. २५ ग्राम ताजा अमलाको रस र त्यसमा ४ ग्राम सुख्खा अमलाको चूर्ण पानीमा मिसाएर दिनमा तीन पटक सेवन गर्नुपर्छ । यो क्रम २० दिनसम्म निरन्तर जारी राख्नुपर्छ ।
३. मध्यन्हको खानापछि लस्सी सेवन गर्नु लाभदायक हुन्छ ।
४. कागतीको रस र पानीमा नुन हालेर नियमित रुपमा पिउनुपर्छ ।
५. ग्रीन टि एकदमै लाभदायक हुन्छ । त्यसैले आफ्नो खानामा ग्रीन टिलाई पनि सामेल गर्नुपर्छ ।
६. भिटामिन सियुक्त खानेकुराले पनि कलेजोको बोसो हटाउन मद्दत गर्छ । सुन्तला, कागती यसको राम्रो स्रोत हो ।