काठमाडौं । पछिल्लो समय नेपालको वातावरणमा आएको परिवर्तनका कारणले धेरैलाई सामान्य रुघाको सङ्केत देखिएको छ र नेपाल वातावरण वायु प्रदुषण हिसाबले विश्वकै सबै भन्दा शीर्ष स्थानमा रहेको छ । त्यसै त यो पालुवाको मौसम भएकाले सबैलाई सामान्य रुघा लाग्ने हुन्छ । रुघाखोकाे सामान्य भए पनि कसैलाई धेरै नै सताउने गर्दछ । यो जान्न पनि जरुरी छकी सामान्य रुघाखोकीबाट कसरी बच्न सकिन्छ ।
सामान्य रुघालाई कसरी चिन्ने
सामान्य अरु रोग सङ्क्रमणहरूको भन्दा रुघाको लक्षण सहज थाहा पाइन्छ र यो सहजै एकबाट अर्कोमा पनि सर्छ । चिसो लाग्नु र हाँक्छ्यौ आउनु ,आँखा रसाउनु तथा नाकबाट पानी बग्नु , टाउको भारी हुनु , दुख्नु , नाक बन्द हुनु,हाँच्छ्युँ आउनु , घाँटीमा खस-खस हुनु, सुख्खा खोकी लाग्नु । , स्वर मोटो हुनु या भासिनु , टाउको दुख्नु , जिउ दुख्नु , कहिले काही हल्का ज्वरो आउनु , मानसिक रुपमा झिंझो लाग्नु र ल्छि लाग्नु रूघाका लक्षणहरू हुन् ।
रुघा एकबाट अर्को सहजै सर्ने गर्दछ ।
रुघा लाग्नै नदिन के गर्न सकिन्छ
सरसफाइमा ध्यान दिने
भिडभाड हुने ठाउँमा नजान
रुघा लागेको व्यक्तिहरूसँग दुरी बनाएर बस्ने
हाँच्छ्युँ गर्दा नाक मुख छोप्ने
सङ्क्रमित व्यक्तिको सरसामान प्रयोग नगर्ने
गर्मी र चिसोबाट जोगिने
रुघा लागे के गर्ने ?
साथिहरु जमघट हुने ठाउँमा नजाने
तातो पानी र नुनपानी पिउने
आलु, बैगन, गाजर फर्सी, लौका, शिशीकोअचार, दही र चिसो नखाने
अदुवाको पानी उमालेर पिउने
कालो मरीचको तातो पानी पिउने
एकोनाईट, एलिएमसिपा, युफ्रेशिया, नक्सभोमिका, नेट्रमम्युर, मर्कसल, हिपरसल्फर, सेम्बुकस, एमोनकार्ब, पल्साटिला, जस्टिशिया, फेरमफोस, ब्रायोनिया, जेल्सिमियम, रसटक्स, डल्कामारा लगायतका औषधीको पनि प्रयोग गर्न सकिन्छ ।