एजेन्सी । हृदयाघात र आकस्मिक हृदयाघातका कारण मानिसको मृत्यु हुने गरेको छ । मुटु रोगका कारण मानिसहरू सानै उमेरमा मरिरहेका छन् । सात घण्टाभन्दा कम सुत्दा हृदयाघातको जोखिम तीन गुणाले बढ्छ भन्ने एक अध्ययनमा देखाएको छ ।
यो अध्ययन जर्नल अफ एक्सपेरिमेन्टलमा प्रकाशित भएको छ । ७ घण्टाभन्दा कम सुत्दा शरीरमा एन्डोथेलियल कोशिकाको सक्रियता कम हुने अनुसन्धानले देखाएको छ । यिनीहरू कम हुनाले मुटुको धमनीहरूको विस्तार कम हुन थाल्छ, जसका कारण आक्रमणको जोखिम बढेर जान्छ ।
अनुसन्धानमा मुटु रोग भएका व्यक्तिहरूको कम सुत्ने बानी देखियो । मुटु रोगका २३ प्रतिशत बिरामीले ६ घण्टाभन्दा कम सुत्ने गरेको पाइएको छ । यसबाट अन्वेषकहरूले निद्राको कमीले शरीरमा पार्ने प्रभावको मूल्याङ्कन समेत गरेका छन् ।
निद्रा नपुग्दा शरीरको शरीरको लय बिग्रिने विभिन्न अनुसन्धानहरूले देखाएको छ । जसले उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ । रक्तचाप बढ्दा सीधै मुटुको रोग लाग्न सक्छ । निद्राको कमीले थप समस्याहरू निम्त्याउँछ । निद्रा नपुग्दा पनि मानिसमा मोटोपना बढ्छ । जसका कारण कोलेस्ट्रोल बढ्ने खतरा पनि हुन्छ । यस्तो अवस्थामा कम्तीमा ८ घण्टा सुत्नु मुटुको स्वास्थ्यको लागि अति आवश्यक हुन्छ ।