काठमाडौं । दाम्पत्य जीवन सुखमय होस भन्ने चाहना सबैको हुन्छ तर यसलाई सुखद बनाउन भने धेरै गाह्रो छ । धेरैलाई लाग्छ विवाह पछि घर र कार्यालयको जिम्मेवारी निभाउन खासै गाह्रो हुँदैन तर, वास्तवमा यो चुनौतीपूर्ण कार्य हो ।
विवाहपछि समय व्यवस्थापन गर्न नसक्दा वा पतिपत्नीले एक अर्कालाई पर्याप्त समय दिन नसक्दा धेरै वैवाहिक सम्बन्धमा विस्तारै चिसोपना बढ्दै जाने गर्छ ।
खासमा पतिपत्नी बीचमा हुनुपर्ने विश्वास र भरोसा भएन वा दुई बीचमा हुनुपर्ने स्वस्थ मानसिकता भएन भने सम्बन्धलाई सहज रुपमा अगाडि बढाउन धेरै कठिन हुन्छ ।
माफ गरिदिनुहोस्
पहिले तपाईं किन निराश हुनुहुन्छ भनेर पत्ता लगाउनुहोस् । तपाईंको पार्टनरको कुन व्यवहार तपाईंलाई मनपर्दैन रु यदि तपाईंले आफ्नो उदासीनताको कारण पत्ता लगाउनुभयो भने तपाईं यसलाई आफ्नो पार्टनरसँगै नरम व्यवहार गरेर समाधान गर्न सक्नुहुन्छ । एक अर्कासँग खुला रूपले कुरा गर्नुहोस् । कुरा गर्ने बेलामा समाधान नगरिएका कुराहरु छोड्नु राम्रो हुँदैन। सम्भव भएसम्म सम्बन्धमा दुरी बढ्न नदिनुहोस् ।
इगो राख्दै नराख्नुहोस्
यदि तपाईं जहिले पनि सोच्ने गर्न सक्नुहुन्छ कि तपाईं सही हुनुहुन्छ र आफ्नो पार्टनरले माफी माग्नुपर्छ भन्नेमा तपाईं निश्चित हुनुहुन्छ । यदि यस्तो सोच्नु भएको छ भने यो ठीक कुरा होइन । यदि तपाईंको पार्टनरले पनि यस्तै सोच्छ भने स्थिति अझ खराब हुने गर्छ।
यस्तो अवस्थामा कसैले पनि एक अर्कासँग माफी माग्दैन र दुबै अटल हुन्छन्। यसले झनै समस्या सिर्जना गराउन सक्छ । त्यसोभए आफ्नो जिद्दी छोड्नुहोस् र पहिले आफैँआफ्नो साथीलाई बोलाउने कोसिस गर्नुहोस् । दुवैले बोलाउने कोसिस गर्ने हो भने यसले बिग्रिँदो अवस्थालाई व्यवस्थापन गर्न सहज हुन्छ ।
जिम्मेवारी सम्हाल्नुहोस्
यदि तपाईंलाई लाग्छ कि गल्ती तपाईंको तर्फबाट गरिएको छ भने ढिलाइ नगरी यसलाई स्वीकार्नुहोस् । विश्वास गर्नुहोस्, तपाईंको साथीले तपाईंको व्यवहारको लागि माफी दिन कन्जुस्याइँ गर्दैन । चाहे श्रीमान् होस् या श्रीमती माफी दिन कसैले पनि हिच्किचाउने गर्दैनन् ।
माफी माग्दा विशेष गरेर सम्बन्ध मजबुत गराउन पनि यसले मद्दत गर्छ । तपाईंको व्यवहारले तपाईंहरू दुवैको सम्बन्ध बचाउन पुलको रूपमा काम गर्छ। जतिसुकै ठूलो लडाइँ भए पनि यस्तो पहलले लडाइँलाई चाँडै अन्त्य गर्न मद्दत गर्छ ।
सपोर्ट
जब तपाईंको साथी तपाईंसँग रिसाउछन्, उनीहरू केटी वा केटा जो सुकै भए पनि त्यो समयमा उसले तपाईंलाई भावनात्मक समर्थनको अपेक्षा गर्छ।
यस्तो अवस्थामा यदि तपाईं आफूलाई भावनात्मक रूपमा कमजोर भएको देखाउनुहुन्छ वा उसले खोजेको भावनात्मक समर्थनलाई बेवास्ता गर्नुहुन्छ भने तपाईंले उसबाट सधैंका लागि आदर गुमाउन सक्छ। धेरै सम्बन्धहरूमा ब्रेकअपको सबैभन्दा ठूलो कारण भनेको नै भित्रबाट महिलाको टुक्रिएको मन र आफ्नो पार्टनरप्रतिको आदर गुमाउनु हो । त्यसैले एक अर्काको भावनात्मक सहयोग पनि धेरै महत्त्वपूर्ण कुरा हो।