काठमाडाैं । अहिले बेमौसमी वर्षा भैरहेको छ भने यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।
सरसफाई
फलफूल तथा तरकारी घरमा ल्याएपछि राम्ररी धुनुपर्छ ।
हिलो जुत्ता र चप्पल घर बाहिरै राख्नुपर्छ ।
घरमा कीटाणुनाशक तरल पदार्थ राख्नुपर्छ र यसले घर पुछ्नुपर्छ ।
नुहाउने पानी
नुहाउने पानीमा डिटोल आदि थप्नुहोस्। सम्भव भए मनतातो पानीले नुहाउनुहोस्।
नुहाएपछि राम्रोसँग शरीर सुकाउनुहोस्।
ह्यान्ड स्यानीटाइजर
कुनै पनि कुरा छुनु अघि र पछि हात सफा गर्नुहोस् ।
२० सेकेन्ड राम्रोसँग हात धुनुहोस् ।
हातलाई ओसिलो राख्नुहोस् ।
इम्यूनिटी बूस्ट
मौसमी फलफूल- तरकारी, अन्न तथा दाल आदि खानुहोस्।
खानामा सुन्तला, अमला र कागती जस्ता भिटामिन सी समावेश गर्नुहोस्।
कीटाणुबाट जोगिन अदुवा, लसुन तथा ताजा खाना खानुहोस्।
फिटनेस
बिहान केही समय योग- व्यायाम गर्नुहोस्। दैनिक दिनचर्यामा वाकिङ, स्किपिङ, साइकिलिङ आदिलाई समावेश गर्नुहोस् ।
राम्रो निद्रा लिनुहोस् ।
शरीर हाइड्रेटेड
शरीरलाई हाइड्रेटेड राख्न पर्याप्त मात्रामा पानी पिउनुहोस् ।
यति बेला अदुवाको चिया, हरियो चिया वा क्यामोमाइल चिया पिउन सकिन्छ। घरमै तयार पारिएको तातो सुप, जुस आदि पिउनुहोस् ।