वातावरणीय तत्वहरूका अतिरिक्त व्यक्तिगत व्यवहारले पनि पुरुष प्रजनन शक्तिमा फरक पार्छ। कमजोर खानपान, हिँडडुलमा कमी हुने जीवनशैली, तनाव अनि मदिरा तथा लागुऔषधको दुर्व्यसनले हानि पुर्याउँछ।
पछिल्ला दशकहरूमा अलि उमेर चढिसकेपछि मात्र बच्चा जन्माउन चाहने प्रवृत्ति मौलाएको छ - महिलाहरूलाई चाहिँ उनीहरूको जैविक घडीबारे बारम्बार स्मरण गराइने भए पनि पुरुषहरूको हकमा उमेर र प्रजनन क्षमताबीचको सम्बन्ध नरहने बताइन्थ्यो। तर त्यो मान्यतामा अब फेरबदल आइरहेको छ। बढी उमेरमा शुक्रकीटको गुणस्तर तथा प्रजनन क्षमतामा ह्रास आउने बताइएको छ।
पुरुषको प्रजनन क्षमता ह्रासबारे निदान, उपचार अनि रोकथामका बारे थप जान्न जरुरी भएको महसुस हुन थालेको छ - साथै प्रदूषणलाई तत्काल सम्बोधन गर्न आवश्यक चेतना पनि जरुरी ठानिएको छ। यसबीच व्यक्तिगत तहमा कुनै एक मानिसले शुक्रकीटको गुणस्तर रक्षा गर्न वा बढाउन चाहिँ के गर्न सक्छ?
शारीरिक अभ्यास एवं स्वास्थ्य खानपान शुक्रकीटको गुणस्तरसँग जोडिएका छन्। अर्ग्यानिक खानेकुराको प्रयोग गर्न अनि, चुपचाप समस्या सहेर बस्न हुन्न ।
पाँच वर्षसम्मको उपचार अनि आईसीएसआई भनिने एउटा शुक्रकीटलाई डिम्बाशयको केन्द्रमा पुर्याइदिने आइभीएफ विधिको तीन चरणको प्रयोगपश्चात् एक दम्पतिले दुई सन्तान प्राप्त गरे। आफ्नै खर्चमा उपचार गर्नुपर्नेहरूका निम्ति यी उपचार अलि महँगो हुनसक्छ। अमेरिकामा आइभीएफको एक चरणका निम्ति नै ३० हजार डलरभन्दा धेरै पर्छ। कुन राज्यमा तपाईँ बसोबास गर्नुहुन्छ अनि तपाईँको रोजगारदाता को हुन् भन्ने विषयले यसको बिमा निर्धारण गर्छ।