काठमाडौं । हाम्रो ओठको छाला अति नै पातलो र कमजोरी हुन्छ। यसलाई कुनैपनि मौसमी कारण, सुख्खा हावा, चिसो मौसम र घामको प्रकाशले सजिल्यै असर गर्न सक्दछ।ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।अझ के ही ब्यक्तिहरुमा ओठ फुटेर रगत पनि आउने हुन्छ ।
ओठ फुट्ने समस्या छालाका लागि एक विशेष समस्याको रुपमा लिइन्छ । जसलाई चेलाइटिस भनिन्छ । चेलाइटिसको समस्यामा मुख, कानहरु र ओठ फुट्ने गर्छ । र यस्ता अंगबाट रगत समेत आउँछ । यस्ता समस्यालाई बेवास्ता गर्दा इन्फेक्शन समेत हुने गर्छ ।
ओठ फुट्ने कारणहरु
१. मौसमी कारण
२. पानी कम पिउँदा (डिहाइड्रेशन)
३. अति चर्को, पिरो खाँदा
४. धेरै मद्यपान
५. दैनिक दाँत ब्रस नगर्दा
घरेलु उपचार विधि
राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठमा लगाउने । शरीरमा पानीको मात्रामा कमी हुँदा , मौसमका कारण, पिरो खाँदा ,दैनिक दाँत ब्रस नगर्दा ,ओठ फुट्न सक्छ । कुनै पनि मौसममा शरिरका लागि पानी अति आवस्यक पर्छ त्येसैले प्रसस्त पानी खाए यो समस्या पनि कम गर्न सकिन छ ।
चिल्लो पदार्थ
ओठलाई सुख्खा हुनबाट बचाउनको लागि ओठमा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ ।
नरिवलको तेल
ओठ फुट्ने समस्या कम गराउनको लागि नारिवलको तेल लगाउन सकिन्छ। नरिवलको तेलले ओठ फुट्ने समस्यालाई निराकरण गर्दछ।
भ्यास्लिन
ओठ फुट्न नदिने उपाय ओठमा लगाइने भ्यास्लिन लगाई रहने। ओठमा लगाउने भ्यास्लिन जसले ओठ फुट्ने समस्यालाई ठिक गर्दछ। तर जुन सुकै भ्यास्लिन भने ओठमा लगाउनु हुँदैन। बजारमा पाईने ओठ कै लागि पाएने भ्यास्लिन मात्र प्रयोग गर्नु पर्दछ।
घ्युकुमारी
ओठमा घ्युकुमारी लगाउने गर्दा ओठ फुट्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ। घ्युकुमारी ओठ फुट्ने समस्याको लागि अतिनै फाइदाकारी हुन्छ।
मह
ओठ फुट्ने समस्या हुनेले मह लगाउने गरे ओठ फुट्ने समस्या चाडैं हराउनेछ। ओठ पनि कोमल र नरम बन्दै जानेछ। सकिन्छ भने गुलाब जल र मह मिसाएर लगाए अझ उत्तम हुनेछ।