काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चितवनमा थालेको नेपाल फर्मा एक्स्पो–२०२४ सरकारका लागि महत्वपूर्ण हुने बताएका छन् ।
उनले एक्स्पोमा नेपालका फर्मास्युटिकल कम्पनीहरुले आफ्नो उत्पादनहरु सर्वसाधारणलाई देखाउन् र नेपालमा औषधिमा के प्रगति भएको छ र हामी कहाँ पुगेका छौ भनेर सवैलाई जानकारी दिने उद्देश्य एक्स्पोको रहेको बताए ।
नेपाल औषधी उत्पादक संघको आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदै छ ।
“हामी सवैले चितवनमा हुने एक्स्पोमा गएर अवलोकन गरौ । र एक्स्पोले नेपालका औषधि उत्पादक कम्पनीहरु उत्पादन गरेका औषधिको प्रवद्र्धन गर्न सहयोग पुग्ने हामीले विश्वास गरेका छौ, ” डा. सचिव पोखरेलले भनेका छन् ।
नेपाली औषधिको प्रवद्र्धन हुन थालेको नेपाल फर्मा एक्स्पोमा १६० वटा स्टल राखिने छ । तिमध्ये नेपालका ३७ वटा, भारतका ९२ स्टल र चीनका एउटा स्टल रहेका छन् । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।