गर्भवती हुनु एक महिला आमा बन्नु हो । यो प्रक्रिया जति रोमाञ्चकारी हुन्छ कहिलेकाँहि त्यो भन्दा धेरै जटिल पनि बन्छ । नौ महिनाको गर्भवस्थाको समय हरेक महिलाको लागि ज्यादै कष्टदायी हुन्छ तर यसपछि प्राप्त हुने सन्तानलाभले ती सबै कष्ठहरु भुलाई दिन्छ । अहिले बच्चा जन्माउन दुई विधी प्रचलनमा छन्, नर्मल डेलिभरी र सिजेरियन शल्य चिकित्सा । खासगरी नर्मल डेलिभरी हुन नसक्ने अवस्थामा सिजेरियन शल्या चिकित्साको विकल्प अपनाउनु पर्छ ।
कुनैपनि कुरा प्राकृतिक र स्वभाविक ढंगले भएको राम्रो हो । तर, बच्चा जन्माउने काममा अहिले अप्राकृतिक विधी बढी चल्तीमा छ । सजिलोका लागि अपनाइने यस्ता विधी शारीरिक स्वस्थ्यका लागि त्यती राम्रो भने मानिँदैन । आजको समयमा नर्मल डेलिभरीको केसहरु निकै कम सुन्न पाइन्छ । बद्लिदो जीवनशैली र गलत खानपानको बानीले महिलाहरुमा नर्मल डेलिभरीको अवस्था निकै कम देखिन्छ । आजभोलि धेरै जसो महिलाको डेलिभरी नर्मल हुनुको साटो अप्रेसन गरेर बच्चा लिकाल्ने गरिन्छ ।
पछिल्लो समय अस्पताल पुर्याएका अधिकांश महिलाहरु सामान्य सुत्केरी हुनुको सट्टा अप्रेसन गरी सुत्केरी ९सिजेरियन सेक्सन० हुने गरेको पाइन्छ । प्राकृतिक रुपमा हुनुपर्ने साधारण सुत्केरीलाई अप्रेसन गरी सम्पन्न गर्नुपर्ने अवस्था आउनुलाई चिकित्सकहरुले गर्भावस्तामा अपनाउनुपर्ने जीवनशैलीको कमी हो भनेर समेत भन्ने गरेका छन् ।
नर्मल डेलीवेरी हुँदा आउने कम्प्लिकेटेड समाधान गर्न अर्थात् आमा र बच्चालाई बचाउन अप्रेशन गर्नुपर्ने अवस्था हुन्छ तर यस बाहेक नर्मल डेलीवेरी हुन सक्ने अवस्थामा पनि व्यथा सहन सकिन् भन्दै अप्रेशन गरि बच्चा जन्माएको पाईन्छ । नर्मल डेलीवेरी एक लामो प्रक्रिया हो, जो शारीरिक रुपले कठिन पनि हुन्छ । यसमा आमाले धेरै दुखाई पनि सहनु पर्छ । तर पनि अप्रेशनको तुलनामा सामन्य रुपमा बच्चा जन्माउनु स्वास्थ्यका हिसाबले उपयुक्त हुन्छ । अस्पतालमा धेरै समय बस्नु पर्दैन, तुरुन्तै बच्चालाई स्तनपान गराउन सकिन्छ । त्यसकारण प्राकृतिक रुपले सुत्केरी हुनका लागि उपयोगी केही सुझावहरु छन् ।
- गर्भवती भएपछि नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहने ।
- धूमपान मध्यपानको सेवन नगर्ने ।
- नियमित रुपले व्यायम गर्ने ।
- खानपानमा ध्यान दिने ( हरियो सागसव्जी, अण्डा, दूध, फलफुल, माछा, मासु, साथै समयमै खाने र सही आहार खाने) ।
- गर्भवतीले भिटामिन, क्याल्सियम, प्रोटिन अधिक मात्रामा सेवन गर्नुपर्छ ।
- प्रशस्त पानी पिउने ।
- प्रसवको समयमा रगतको कमी हुनु हुँदैन । त्यसैले नियमित रुपले रक्त परीक्षण गराउने ।
- नर्मल डेलिभरीका लागि गर्भावस्थामा मेथीको सेवन लाभदायक मानिन्छ।
- तनाबबाट टाढै रहने (तनावले गर्भवती महिलाको मात्रै नभई पेटमा हुर्कदै गरेको बच्चाको स्वास्थ्यमा समेत असर गर्छ) ।
- नर्मल डेलिभरीको लागि वक्रासन, उत्कतसना, कोण आसन, सख भद्रासन जस्ता योग आसन पनि प्रभावकारी हुनसक्छ ।