काठमाडौं । एक बर्षसम्म दम्पतिहरु बिच हप्ताको २ देखि ३ पटक सम्म परिवार नियोजनको कुनै पनि साधन प्रयोग नगरी यौन सम्पर्क राख्दा पनि गर्भवती नहुने अवस्थालाई बाझोपना भनिन्छ । महिला वा पुरुष दुबैको कारणले बाझोपनाको समस्या हुनसक्छ । तर अहिले पनि हाम्रो समाजमा बाझोपनाको मुख्य कारण महिलालाई मात्र लिइन्छ । जुन गलत सोचाई हो ।
बाझोपना हुने प्रमुख कारणहरु यसप्रकार रहेका छन् ।
- पुरुषमा हुने कारणहरु
- शुक्र किटको खराबी
- क्लेमाइडिया संक्रमण वा सूजाक भएर प्रजनन् अंगमा संक्रमण भई उपचार नगरेमा
- पौष्टिक तत्व र आरामको कमी
- गाह्रे काम र धेरै चिन्ता
- महिलामा हुने कारणहरु
- इन्ड्रोक्राइन डिसअर्डर
- अण्ड निश्कासन नभएर
- अण्ड बहिनी नलि बन्द भएर
- क्लेमाइडिया संक्रमण वा सूजाक भएर प्रजनन् अंगमा संक्रमण भई उपचार नगरेमा
- महिलाहरको प्रजनन् अंगमा जन्मजात समस्या भएमा
माथि उल्लेख गरिएका बाझोपना हुनुका कारणहरुलाई हेर्दा सुरक्षित गर्भपतन र बाझोपना बिच कुनै सम्बन्ध देखिदैन । तर असुरक्षित गर्भपतन गरेमा प्रजनन् अंगमा संक्रमण र चोटपटक लाग्ने भएकाले बाझोपना हुने सम्भाबना भएको चिकित्सकहरु बताउछन् ।