काठमाडौं । अटिजम भनेको बालबालिकाको विकास असामान्यरुपमा हुने एक प्रकारको समस्या हो । अटिजमले बालबालिकाको कुराकानी र सामाजिक अन्तरक्रियामा असर पार्छ । त्यस्ता बालबालिकाले अनौठो र दोहोरी राख्ने खालका व्यवहार देखाउँछन् ।
०.२ प्रतिशत बालबालिकाहरुमा अटिजम हुने गर्दछ । ३ बर्ष भन्दा कम उमेरका बालबालिकामा यो समस्या बढि देखिन्छ । बालिका भन्दा बालकमा यस्ता समस्याहरु ४ गुणा बढि देखिएको चिकित्सहरु बताउँछन् । ।
अटिजम हुने सम्भाबना कसलाई बढि हुन्छ ?
- बंशानुगत (परिवारको कुनै सदस्यमा यस्ता समस्या भएमा सन्तानमा सर्ने सम्भावना हुन्छ )
- बच्चा जन्मिदा आमा बुबाको उमेर बढि भएमा
- गर्भको बेला आमालाई भाइरल इन्फेक्सन भएको भए, थालीडोमाइड औषधि खाएको भए, वातवरणिय प्रदुषण वा हेभि मेटलको एक्सपोजर भएमा
- उमेर नपुगी जन्मेका कम तौलका शिशुहरु
- बालबालिकामा हर्मोनल गडबढि भएमा
अटिजमका सम्भाबित लक्षणहरु
- पहिले बोलेर अहिले बोलि हराउनु, पहिले सिकेका सामाजीक सिपहरु कम हुनु
- आँखा नजुधाउनु, एक्लै बस्न रुचाउनु
- अरुको भावना बुझ्न नसक्नु, बोलिको विकास ढिलो हुनु
- एकै शब्द बारम्बार दोहोर्याइरहनु
- आफ्नो दैनिकी र वातावरणमा हल्का परिर्वतन हुदाँ पनि बिद्रोहि स्वभाव देखाउनु
- एकै खालको व्यवहार गरिहनु ९हल्लिने, घुम्ने अनौठो तरिकाले हात घुमाउने०
- एकदम सिमित बिषयमा रुची शोख राख्नु
- आवाज, गन्ध, उज्यालो, स्वाद र रंग प्रती अनौठो तिव्र प्रतिक्रिया जनाउनु
अटिजमको निदान र उपचार
अटिजम उपचारमा कुनै रगत परिक्षण वा अनुसन्धान हुदैन । विभिन्न अटिजम स्क्रिनिङ प्रणलीको आधारमा पहिचान गरिन्छ । साथै यस उपचारको कुनै औषधि हुदैन। तर उनिहरुलाई आनीबानी , अकुपेशनल, प्ले र फिजिकल थेरापी दिइन्छ ।
अटिजम भएमा के हुन्छ ?
- समयमा उपचार गरि सहि थेरापी दिएमा भविष्यमा स्वतन्त्र जिवन बिताउन सक्छन् ।
- अटिजम भएका ३० देखि ५० प्रतिशत मानिसहरु बोल्न सक्दैनन् ।
- अटिजम भएका व्यक्तिले सिक्ने तरिका फरक हुने भएकाले स्कुल जान धेरैलाई कठिन हुन्छ ।