काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् ।
स्वास्थ्य सेवा सुधार तथा विस्तारको उद्देश्यका साथ वैशाख महिनाभित्र प्रतिष्ठान तथा संघीय अस्पतालहरुमा निम्नानुसार सेवा थप तथा विस्तारको कार्यक्रम कार्यान्वयन क्रममा रहेको मन्त्रालयले जानकारी गराएको छ ।
सबै संघीय अस्पतालहरूलाई सेवा थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भनिएको थियो । जसअनुसार गत चैत्रमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
