स्वभाविक अवस्थामा तपाईको काखीको रङ शरीरको अन्य छालाको रङजस्तै हुनुपर्छ । तर, प्राय हामीले याद गरेका हुन्छौं कि काखीको रंग बाँकी शरीरको दाँजोमा कालो हुन्छ ।
कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी भागहरु कालो हुने गर्छ । मानिसहरु यस समस्याबाट छुट्कारा पाउनको लागि विभिन्न किसीमका प्रयासहरु गर्ने गर्छन् तै पनि सोचेजस्तो बनाउन गाह्रो भएको देखिन्छ, जस्को लागि थुप्रै पैसा खर्च गरी बिभिन्न्न औषधी सेवन गरिरहेका हुन्छ्न जस्ले स्वास्थ्यमा नकारत्मक असर परेको हुन्छ ।
गर्मीमा काखी कालो हुने समस्या कम गर्न हामीले आरामदायक हावा छिर्ने कपडा लगाउने, डियोडोरेन्टको ब्रान्ड परिवर्तन गर्ने वा हर्बल डियोडोरेन्ट प्रयोग गर्ने, सेभिङ नगर्ने, रौं हटाउने क्रिमको प्रयोग नगर्ने, वाक्सिङ गर्ने वा लेजरमार्फत कपाल हटाउने, मृत त्वचालाई कम गर्नका लागि काखीमा मसाज गर्ने र धुम्रपान नगर्ने ।
काखीको कालो हटाउने उपायहरु
आवश्यक सामाग्रीहरु
२ चम्चा पिठो
१ चम्चा दुध
१ चम्चा दही
विधि
माथिका सबै सामाग्रीहरुलाई मिक्सरमा हालेर पिस्ने। त्यसपछि यस पेस्टलाई काखीमा लगाउने । १५ मिनेटपछि पानीले पखाल्ने।
काँक्रो
काँक्रो छालासम्बन्धि समस्या हटाउनको लागि निकै नै राम्रो छ । यसको प्रयोगबाट कुनै किसीमको हानी हुदैंन ।
विधि
काँक्रोको प्रयोग तपाईंले दिनहुँ गर्न सक्नुहुन्छ । काँक्रो , कागतीको रस र बेसारलाई मिसाउने। र यसलाई काखीमा लगाउने । यसका साथै तपाईंले काँक्रोलाई स–सानो टुक्रामा काटेर यसलाई सीधै काखीमा लगाउन सक्नुहुन्छ । तपाईंले केही दिनमै आफूमा आएको परिवर्तनलाई देख्न सक्नुहुन्छ ।
कुहिना र घुँडा कालो हुने समस्याबाट बचाउने प्राकृतिक उपाय
चीनी
चीनीले मरेको छालालाई हटाउन मद्धत गर्छ । चीनी र जैतूनको तेललाई बराबर मात्रामा मिसाउने । यस पेस्टलाई कुहिना र घुँडामा गोलाकार रुपमा ५ मिनेटसम्म लगाउने । यसपछि सफा पानीले पखाल्नुहोस् । यस प्रक्रियालाई छाला चम्किलो र राम्रो नबनेसम्म दिनहुँ गर्ने ।
कागती
कागतीको प्रयोग छालाको लागि निकै नै राम्रो छ । कागतीको रसलाई सिधै कुहिना र घुँडामा २ मिनेटसम्म लगाउने । २० मिनेटको लागि त्यसै छोड्ने । त्यसपछि मन्तातो पानीले पखाल्ने र क्रिम लगाउने । तपाईंले कागतीको रससँग महलाई पनि मिसाई प्रयोग गर्न सक्नुहुन्छ ।
घाँटि कालो हुने समस्यालाई हटाउने घरेलु उपाय
बेकिंग सोडा
बेकिंग सोडामा थोरै पानीलाई मिसाई पेस्ट बनाउने । यस पेस्टलाई घाँटीमा लगाउने । त्यसपछि सुख्खा हुन दिनुभई केही मिनेटपछि सफा पानीले पखाल्ने । तपाईंले यसको प्रयोग हप्तामा २ पटक गर्न सक्नुहुन्छ ।
आलु
आलुमा छालासम्बन्धि समस्यालाई निको पार्ने गुण हुन्छ । आलुले छालालाई चम्किलो बनाउनमा मद्धत गर्छ । आलुलाई पिसेर पेस्ट बनाउने । र यसलाई घाँटीमा लगाई १५ मिनेटको लागि त्यसै छोड्ने । यसपछि चिसो पानीले पखाल्ने ।
आलुमा कागतीको रसलाई मिसाई पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोग दिनहुँ गर्नु भएमा यसले छालाको कालो र दाग हटाउनमा मद्धत पुग्छ ।
घ्युकुमारी
घ्युकुमारीको रसले घाँटीमा दल्ने । २० मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि यस प्रक्रियालाई दिनहुँ गर्ने । एजन्सी स्