स्वभाविक अवस्थामा तपाईको काखीको रङ शरीरको अन्य छालाको रङजस्तै हुनुपर्छ । तर, प्राय हामीले याद गरेका हुन्छौं कि काखीको रंग बाँकी शरीरको दाँजोमा कालो हुन्छ ।
काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी भागहरु कालो हुने गर्छ । मानिसहरु यस समस्याबाट छुट्कारा पाउनको लागि विभिन्न किसीमका प्रयासहरु गर्ने गर्छन् तै पनि सोचेजस्तो बनाउन गाह्रो भएको देखिन्छ, जस्को लागि थुप्रै पैसा खर्च गरी बिभिन्न्न औषधी सेवन गरिरहेका हुन्छ्न जस्ले स्वास्थ्यमा नकारत्मक असर परेको हुन्छ ।
काखीको कालोपनलाई हटाउने घरेलु उपाय
- काँक्रो , कागतीको रस र बेसारलाई मिसाएर यसलाई काखीमा लगाउने । केही दिनमै आफूमा आएको परिवर्तनलाई देख्न सक्नुहुन्छ ।
- आलुमा कागतीको रसलाई मिसाई दिनहुँ प्रयोग गर्नु भएमा यसले छालाको कालो र दाग हटाउनमा मद्धत पुग्छ ।
- २ चामलको चम्चा पिठो, १ चम्चा दुध, १ चम्चा दहीको पेस्टलाई काखीमा लगाउने र १५ मिनेटपछि पानीले पखाल्ने।
- गर्मीमा काखी कालो हुने समस्या कम गर्न हावा छिर्ने कपडा लगाउने ।
- डियोडोरेन्टको ब्रान्ड परिवर्तन गर्ने वा हर्बल डियोडोरेन्ट प्रयोग गर्ने ।
- सेभिङ नगर्ने, रौं हटाउने क्रिमको प्रयोग नगर्ने, वाक्सिङ गर्ने वा लेजरमार्फत कपाल हटाउने ।
- मृत त्वचालाई कम गर्नका लागि काखीमा मसाज गर्ने ।
- धुम्रपान नगर्ने ।