तपाईँ भान्सामा खाना तयार गर्दै हुनुहुन्छ र आलु खोज्न जाँदा टुसा उम्रेको मात्र पाउनु भयो भने के त्यो खानु ठिक हुन्छरु वा त्यसलाई फ्याँक्नुपर्छ ?
यो एक सामान्य दुबिधा भए पनि के गर्ने भन्ने बारेमा मिश्रित धारणा पाइन्छ। जब आलु, प्याज र लसुनजस्ता टुसाउन थालेका तरकारीहरूको कुरा आउँछ, तिनलाई के गर्ने भन्ने सीधा जबाफ पाइन्न।
आलु टुसाउँदा के हुन्छ ?
आलु टुसाउँदा धेरै मात्रामा ग्लाइको अल्कलोइड्स भन्ने यौगिक उत्पादन हुन थाल्छ। यो प्राकृतिक विष हो र त्यसले बिरुवालाई ढुसी र किराबाट बचाउँछ।
तीमध्ये एकलाई सोलनिन भनिन्छ र त्यो आलु, गोलभेडा, भ्यान्टा र खुर्सानीमा पाइन्छ। यो यौगिक उच्च तहमा भएको खानेकुरा मानिस र जनावरका लागि खतरापूर्ण हुन सक्छ।
टुसाएको आलुको सबैभन्दा ठूलो खतरा भनेको यसमा उत्पादन हुने ग्लाइकोअल्कलोइड हो, जसका कारण आलुको स्वाद धेरै तीतो बन्न जान्छ र धेरैजसो यसले अन्य गम्भीर कुराभन्दा पनि सधैँजसो बान्ता गराउँछ, लिङ्कन विश्वविद्यालयमा पोस्टहार्भेस्ट टेक्नोलोजीका रिडर तथा पोटेटो पोस्टहार्भेस्टका लेखक डा। क्रिस बिशप भन्छन्। आलु हरियो रङ्गको भयो भने यसमा प्राकृतिक रसायन रहेको सामान्यतः प्रष्ट हुन्छ। त्यसैले हामीले हरियो आलु खानु हुँदैन, डा। बिशपले भने।
अङ्कुरमा यी रसायनहरूको मात्रा बढी हुन सक्छ, त्यसैले त्यसलाई पूर्ण रूपमा हटाउनु पर्छ। यदि सन्देह लागेमा भने आलुका त्यस्ता भाग हटाउनुहोस् जहाँ अङ्कुरको जरा छ। मेरो विचारमा बाँकी भाग खान योग्य छ, उनले थपे।
तपाईँले साँच्चै नै हरियो रङ्गको र अङ्कुरित आलु खानु हुँदैन, युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाकी वनस्पति विज्ञानका प्राध्यापक क्याथी मार्टिनको चेतावनी छ।
त्योे किनभने प्रकाशको सम्पर्कले (जसले अङ्कुरित हुन सघाउँछ) स्टेरोइडल ग्लाइकोअल्कालोइड, सोलनिनको उत्पादनलाई तीव्र रूपमा बढाउँछ जुन मानिस र जनावरहरू र त्यसमा पनि बिरालो र कुकुरहरूका लागि विषाक्त हुन्छ, उनी बताउँछिन्।
टुसाएका प्याज र लसुन खान के हुन्छ?
- आलुभन्दा फरक टुसाएका प्याज र लसुन सामान्यतः खान सुरक्षित हुन्छन्। किनकि त्यसमा विषाक्तताको जोखिम उस्तो हुँदैनन्, प्राध्यापक मार्टिन भन्छिन्।
- तिनका अङ्कुर बल्बमा भण्डारण गरिएको पोषक तत्त्वबाट उम्रन्छ। यद्यपि त्यसको स्वाद बढी तितो हुन सक्छ र नरम बनावट हुन सक्छ।
- विज्ञहरूले प्याज र लसुनलाई चिसो, अँध्यारो, सुक्खा ठाउँमा (३-१० डिग्री सेल्सिअस) भण्डारण गर्न सुझाउँछन्।
- तिनलाई बाँधिएको प्लास्टिकको झोलामा भण्डारण नगर्नुहोस्स हावा आउजाउ गर्नका लागि जाली वा कागजको झोला प्रयोग गर्नुहोस्।
- आलुका हकमा जस्तै ढुसी, गिलो वा दुर्गन्धको सङ्केत देखाउने कुनै पनि प्याज वा लसुन सधैँ फ्याँक्नुहोस्। एजेन्सी