मापदण्डभन्दा तीन गुणा बढी आयोडिन( according to the news of 2079) 'काटेको घाउमा नुन चुक' लगाउनुको अर्थ दुःखी मान्छेलाई झन् दुस्खी पार्नु भन्ने अर्थ लाग्छ। राजाको नुन खानु को अर्थ सरकारी सेवा गरेको भन्ने बुझिन्छ । ‘नुन खाएको कुखुरा’ जस्तो भन्दा कुनै समस्या परेर उदास भएको मान्छे भन्ने बुझिन्छ।
नुन सँग यस्ता धेरै उखान टुक्का गाँसिएका छन् । नुन भान्छामा नभई हुँदैन तर धेरै पनि हुनुहुँदैन भन्ने विचार गर्नुपर्छ । नुन नभएको खाना कति बेस्वादिलो हुन्छ विचार गर्नुस् त ? तर धेरै नुन भएपछि फेरि अनेक समस्या आइपर्छन्।
मैले छ वर्षअघि देखि नै ढिके नुनको प्रयोग गर्न सुरु गरेकी थिएँ । एकजना पोषणविदले मलाई ‘आयो नुन’ मा हाम्रो शरीरलाई चाहिने भन्दा आयोडिन हालिएको छ भनेपछि मेरो भान्छाबाट आयो नुनुु हट्यो टि.भी विज्ञापनमा कहिलेकँही आउँछ–के तपाईको मञ्जनमा नुन छ ? मञ्जनमा नुनको प्रयोग हुने कुरालाई धेरै जनाले अचम्मको रुपमा लिन्थे होला । तर दाँत स्वस्थ राख्न नुन एउटा औषधी मानिन्छ । भन्ने कसैलाई थाहा छैन । गिजा दुखेको बेला मनतातो पानी र नुनले कुल्ला गर्न भन्नेकुरा यही कारणले हो।
प्राचीनकालदेखि नै मासु र खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्न नुन प्रयोग गरिन्थ्यो । ग्रीक सम्यतामा नुनलाई यति धेरै महत्व दिएको थियो कि दासहरूका किनबेच पनि नुनमा हुन्थ्यो । प्राचीनकालमा पनि रोमन सिपाहीहरूलाई तलब दिंदा नुन पनि सँगै दिइन्थ्यो भन्ने कथन पाइन्छ। मंगोलियामा मानिसहरू आफ्ना सुन, चाँदीसँग नुन साट्थे । नेपालमा पनि पहिले पहिले मानिसहरू भोटबाट नुन ल्याउँथे भन्ने सुनिएको हो।
प्राय स् प्याकेटका खानेकुरामा नुने धेरै लुकेको हुन्छ । तर हामीलाई थाहा हुँदैन । स्वास्थकर्मीहरू भन्छन् नुनको बढी प्रयोग गर्न हुन्न । विशेष गरी प्याकेटमा राखिएका खानेकुराहरुमा नुन बढी भएकोले यस्ता खाना नखाएकै बेस । तर खानेकुरा बनाउने कम्पनीहरू चाही यो कुरालाई स्वीकार्दैनन् । खानेकुरामा नुनको बढी प्रयोग गर्दा नुन नै विष बन्न पुग्छ । (लेखक डा. अरुणा उप्रेती जनस्वास्थ्यविद्)