काठमाडौँ । मधुमेहका बिरामीलाई प्रायः गुलियो फलफूल, विशेष गरी आँपबाट बच्न सल्लाह दिइन्छ । मधुमेह रोगीहरूका लागि आँप खानु जोखिम हुन सक्छ, किनकि यसमा प्राकृतिक चिनी हुन्छ ।
यसको सेवनले रगतमा ग्लुकोजको स्तरलाई असर गर्न सक्छ । तर, सही मात्रामा र सही तरिकाले आँप खाँदा रगतमा चिनीको मात्रालाई खासै असर पर्दैन ।
आँपमा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मेटाबोलिज्म सुधार गर्छ र रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ । यदि मधुमेहका बिरामीहरूले आँपलाई सही समयमा, सीमित मात्रामा र सही खानाको संयोजनसँग सेवन गर्ने हो भने उनीहरूले कुनै हानिविना यसको स्वाद र पोषणको आनन्द लिन सक्छन् । यस लेखमा, आज हामी मधुमेह रोगीहरूले आफ्नो आहारमा आँपलाई कसरी सुरक्षित रूपमा समावेश गर्न सक्छन् भन्ने कुराकानी गर्नेछौँ ।
आँपमा प्राकृतिक चिनी, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरको मेटाबोलिज्म सुधार गर्न मद्दत गर्छ । तर, मधुमेहका बिरामीहरूले भने यसलाई सोचेर बुझेर मात्रै सेवन गर्नुपर्छ । यसको ग्लाइसेमिक इन्डेक्स ९जीआई० मध्यम स्तरको हुन्छ । अर्थात् सीमित मात्रामा सेवन गरियो भने आँपले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढाउँदैन ।
सीमित मात्रामा सेवन गर्ने
दिनमा आधा कप ९लगभग ७५–८० ग्राम० आँप खानुलाई सुरक्षित मानिन्छ । यसलाई धेरै मात्रामा खाँदा रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ ।
सही समयमा खाने
आँप दिउँसो वा बिहान खानुहोस्, ताकि शरीरले यसलाई पचाउन पर्याप्त समय पाओस् । रातमा आँप खानु हुन्न । किनकि यसले रगतमा चिनीको मात्रालाई असर गर्न सक्छ ।
फाइबरयुक्त खानेकुराहरूसँग खाने
आँपको ग्लाइसेमिक प्रभाव कम गर्न बदाम, बीउ, दही वा ओट्ससँग मिसाएर यसलाई खानुहोस् । आँप मात्रै खाँदा चिनीको मात्रा छिटो बढ्न सक्छ । त्यसैले यसलाई फाइबरयुक्त चिजहरूसँग मिसाएर खानु राम्रो हुन्छ ।
प्रशोधित आँपका उत्पादनहरू नखाने
प्याकेटमा आउने आँपको रस, जाम वा क्यान्डीमा उच्च मात्रामा चिनी हुन्छ, जुन मधुमेहका बिरामीहरूको लागि हानिकारक हुन सक्छ । ताजा आँप यसको सबैभन्दा राम्रो विकल्प हो । एजेन्सी