रातभरि सुतेपछि बिहान थकान र निद्रा लाग्छ रु यस समस्यामा अहिले ध्यान नदिने हो भने भविष्यमा यो निद्रा र थकानले टाउको दुख्ने, शारीरिक दुखाइ, कुनै पनि कुरामा रुचि नलाग्ने, काम वा पढाइमा ध्यान दिन नसक्ने, पेट खराब हुने, अल्छी लाग्ने जस्ता अन्य धेरै समस्या निम्त्याउन सक्छ ।
सम्भावित कारणहरू:
- निन्द्राको अभाव वा खराब गुणस्तरको निन्द्रा
रातभर राम्रो सुत्न नसक्नु, सुत्दा बारम्बार ब्युझिनु, वा सुत्न गाह्रो हुनु।
चिन्ता, डिप्रेशन, वा अत्यधिक मानसिक तनावले शरीरलाई थकित बनाउँछ।
फलाम (iron), भिटामिन B12, D, वा म्याग्नेसियमको कमी हुँदा ऊर्जा कम महसुस हुन्छ।
- अत्यधिक क्याफिन वा चिनीको सेवन
शुरुमा ऊर्जा दिन्छ तर पछि ऊर्जा झर्दा थकान झनै बढी हुन्छ।
धेरै समय एकै ठाउँ बस्ने वा व्यायाम नगर्नेले झनै थकान महसुस गर्छन्।
शरीरमा पानीको कमी हुँदा ऊर्जा कम महसुस हुन्छ।
हाइपोथाइराइडिजम, मधुमेह, एनेमिया, वा क्रोनिक थकान सिंड्रोमजस्ता अवस्थाले थकान ल्याउँछ।
के गर्न सकिन्छ ?
- निश्चित समयमा सुत्ने ( नियमित ७-८ घण्टा सुत्ने)
- तनावबाट टाढा रहने
- सन्तुलित आहार खाऊँ, विशेषगरी आइरन, प्रोटिन, र भिटामिनयुक्त खाना
- राति पेटभरि टन्न खाना नखाने
- नियमित हिँडडुल वा हल्का व्यायाम
- शारीरिक नकारात्मक सोचबाट टाढा रहने
- प्रशस्त पानी पिउनु
- ध्यान, योग, वा श्वासप्रश्वास अभ्यासले तनाव कम गर्न मद्दत गर्छ
यदि समस्या लगातार रहन्छ भने चिकित्सकको सल्लाहमा स्वास्थ्य परीक्षण (CBC, Thyroid, Vitamin D/B12) गर्न सिफारिस गरिन्छ ।