महिनावारी सामान्यतः स्वस्थ जैविक प्रक्रिया हो । महिलाको जननेन्द्रियबाट प्रत्येक महिना रगत निस्कने प्रक्रियालाई महिनावारी, मासिक श्राव, मासिक धर्म वा रजस्वला भन्ने गरिन्छ । किशोरी अवस्थामा पुगेपछि प्रत्येक महिना पाठेघरको छेउका डिम्बाशयमा रहेका डिम्ब परिपक्व हुँदै मासिक चक्रको मध्यतिर एउटा डिम्ब निष्कासन भई डिम्बवाहिनी नली हुँदै पाठेघरमा पुग्छ ।
यसका लागि डिम्बाशयबाट उत्पादन हुने इस्ट्रोजेन नामक हर्मोनको मुख्य भूमिका हुन्छ । यसै हर्मोनको प्रभावले पाठेघरको भित्री तह पनि बाक्लिँदै जान्छ । मासिक चक्रको दोस्रो भागमा प्रोजेस्टेरोन नामको अर्को हर्मोनले थप बल प्रदान गर्दछ । तर डिम्ब निष्कासन भैसकेपछि कारणवश शुक्रकीटको संसर्गमा नआई गर्भ नरहेमा प्रोजेस्टेरोन हर्मोन उत्पादन हुने प्रक्रिया कम हुँदै जानुका साथै पाठेघरको भित्री तह भत्किन शुरु हुन्छ, जुन महिनावारीका रुपमा योनिमार्ग हुँदै शरीरबाट बाहिर निस्किन्छ ।
पछिल्लो समयमा पौष्टिक खानेकुराको उपलब्धताका साथै आधुनिक सञ्चारमाध्यमको प्रभावले १०–११ वर्षकै उमेरमा महिनावारी प्रक्रियाको शुरुवात हुन थालेको छ । तर यससम्बन्धमा उनीहरुलाई उचित ज्ञान भएको भने पाइँदैन, जुन अति जरुरी छ ।
यससम्बन्धमा भारतमा एउटा सर्वेक्षण गरिएको थियो । सो अध्ययन अनुसार करिब ४२ प्रतिशत सहभागीलाई महिनावारी कसरी शुरु हुन्छ र स्यानिटरी प्याड के हो ? भन्ने कुरा थाहा नै नभएको पाइयो । नेपालको परिदृश्य पनि भारतको भन्दा खासै फरक छैन ।
प्रत्येक दिन विश्वभरिका १५ देखि ४९ वर्ष उमेर समूहका करिब ८० करोड किशोरी तथा महिलाहरुलाई रजस्वला भइरहेको हुन्छ । अधिकांश महिलाले आफ्नो जीवनको ६–७ वर्ष त रजस्वलामै बिताउँछन् । रजस्वलासम्बन्धी विषयको गहिराइ निकै नै छ ।
महिनावारीलाई लिएर विश्वभरि ५ हजारभन्दा बढी विभिन्न किसिमका अपशब्द प्रयोग गर्ने गरिएको छ । इरानका आधाजसो महिला तथा भारतका करिब १० प्रतिशत महिला महिनावारीलाई रोगका रुपमा लिन्छन् । यो कुरा हाम्रै देशका शहरवासी तथा शिक्षित वर्गलाई अनौठो लाग्न सक्छ । तर महिनावारी भएका बेला पँधेरामा पानी लिन जान नहुने, मन्दिरमा जान नहुने, पूजाआजामा सहभागी हुन नहुने, भान्छा एवं भण्डारकोठामा पस्न नहुनेजस्ता व्यवहार हाम्रै घरछिमेकमा अझै पनि छ । सुदूर पश्चिम एवं कर्णाली प्रदेशमा विगतमा प्रचलित छाउपडी प्रथालाई स्वस्थ महिनावारीका दृष्टिले अस्वस्थ एवं असामाजिक कार्य मानिएको छ ।
महिनावारी भनिए पनि महिनावारी चक्र जहि
प्रा. डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ