सामान्यतया, यदि तपाईंले सन्तुलित र विविधतापूर्ण खाना खानुहुन्छ भने (तरकारी, फलफूल, अन्न, दाल, माछारमासु, दुग्धजन्य पदार्थ), अतिरिक्त भिटामिन सप्लिमेन्ट चाहिँदैन। भिटामिन सप्लिमेन्ट हाम्रो आहारमा भएको भिटामिनको कमी पूर्तिका लागि एउटा राम्रो तरिका हुन सक्छ। तर त्यो नै एक मात्रै वा उत्तम विकल्प होइन। के हामी सबैले भिटामिन सप्लिमेन्टहरू लिनु पर्छ वा हामीमध्ये केहीले मात्र लिनु पर्छ ?
भिटामिन र मिनिरल्स(खनिज)हरू यौगिक हुन् जुन हाम्रो शरीरले बनाउँदैन तर हाम्रो स्वास्थ्यको लागि आवश्यक पर्छ। किनकि हामी तिनीहरूलाई बनाउन सक्दैनौँ तर खानाबाट प्राप्त गर्नु पर्छ। उदाहरणका लागि भिटामिन ए आँखाको स्वास्थ्यका लागि र स्वस्थ छालाका लागि महत्त्वपूर्ण छस भिटामिन सी हाम्रो प्रतिरक्षा प्रणालीको लागि आवश्यक छ, र भिटामिन के रगत जम्नका लागि आवश्यक हुन्छ। आवश्यक खनिजहरूमा क्याल्सियम, म्याग्नेसियम, सेलेनियम, पोटासियम र अन्य पर्छन्।
कुनै पनि सप्लिमेन्टले कहिल्यै स्वस्थ र सन्तुलित आहारलाई प्रतिस्थापन गर्दैन भन्नु उपयुक्त हुन्छ। त्यसैले भिटामिनको लागि शरीरको आवश्यकता पूरा गर्ने सबैभन्दा राम्रो तरिका भनेको हरियो सागपात, फलफूल, अन्न, मेवा, दूधजन्य खानेकुरा र माछा प्रशस्त मात्रामा खानु हो।
सन् १९७० को दशकमा भिटामिन सीको मात्राले पश्चिमी विश्वमा फैलिएको रुघाखोकीबाट बच्न मद्दत गर्न सक्छ भन्ने सिद्धान्तका लागि रसायनशास्त्री लाइनस पउलिङले नोबेल पुरस्कार जिते। उनैले भिटामिन सीको सिफारिस गरिएको मात्राभन्दा ५० गुणासम्म सेवन गर्नाले इन्फ्लुएन्जा, क्यान्सर रोग, कार्डियोभास्कुलर रोग, मोतिया बिन्दुजस्ता कुनै पनि रोगको उपचार गर्न सकिन्छ भनी दाबी गरे।
मल्टिभिटामिन कस्तो अवस्थामा लिनुपर्छ ?
विशेषगरी वृद्ध वयस्कहरूले दैनिक मल्टिभिटामिन खानु स्वास्थ्यका लागि लाभदायक हुन सक्छ। म्यान्सनले २० वर्षभन्दा पहिलादेखि गर्दै आएको अध्ययन अनुसार ११ वर्षसम्म दैनिक मल्टिभिटामिन सेवन गर्ने व्यक्तिहरूमा क्यान्सर देखिने जोखिम ८ प्रतिशत कम थियो। भिटामिन र खनिजहरू हाम्रो स्वास्थ्यको लागि आवश्यक भए पनि शरीरलाई राम्रोसँग काम गर्नको लागि थोरै मात्रामा आवश्यक पर्छ। शाकाहारी वा धेरै माछा नखाने व्यक्तिहरूले ओमेगा(३ भएको चक्कीहरू लिएर फाइदा उठाउन सक्छन् भन्ने कुराको राम्रो प्रमाण पनि छ।
तर केही विशेष अवस्थामा सप्लिमेन्ट आवश्यक पर्न सक्छ:
-
गर्भवती र स्तनपान गराइरहेका महिला – फलाम, फोलिक एसिड, भिटामिन D वा क्याल्सियम थप्न सुझाइन्छ।
-
साना बच्चा र वृद्ध – कहिलेकाहीँ भिटामिन D, B12 वा क्याल्सियम आवश्यक पर्छ।
-
साकाहारी वा भेगन – B12, आयरन, ओमेगा–३ जस्ता पोषक तत्व कमी हुन सक्छ।
-
दीर्घकालीन रोग भएका वा विशेष औषधि सेवन गर्ने – चिकित्सकको सल्लाह अनुसार सप्लिमेन्ट आवश्यक हुन्छ।
-
सूर्यको किरण कम पाइने वा हड्डी कमजोर हुने अवस्था – भिटामिन D चाहिन्छ। बीबीसी
नोट: सप्लिमेन्ट डाक्टर वा पोषण विज्ञको सल्लाह अनुसार मात्र सुरु गर्नु उपयुक्त हुन्छ।