खुट्टा गन्हाउने समस्या धेरै सामान्य हुन्छ। कतिपय व्यक्तिहरूको खुट्टामा पसिना धेरै आउँछ। खुट्टामा पसिना धेरै आएपछि गन्हाउँछ र चिलाउँछ पनि। यो समस्यालाई चिकित्सकीय भाषामा ब्रोमोडोसिस भनिन्छ। लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्नुपर्दा धेरै मानिसको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ ।
खुट्टा गन्हाउनुमा मौसमले पनि असर गरिरहेको हुन्छ । गर्मीमा बढी पसिना आउने नै भयो । पसिनाले गर्दा खुट्टा ओसिलो भइरहन्छ, जसले फंगस बढ्न थाल्छ । यही फंगस इन्फेक्सनको कारण खुट्टा गन्हाउँछ । कसिलो जुत्ताको कारण पनि खुट्टा गन्हाउँछ ।
घरेलु उपाएबाट कसरि राहत पाउने
- यसको सरल समाधान भनेको खुट्टा सफा र सुख्खा राख्नु हो ।
- मन्तातो पानीमा नुन हालेर केहीबेर खुट्टा डुबाउने र त्यसपछि राम्रोसँग चिसो पानीले धुने । नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ ।
- मनतातो पानीमा दुई चम्चा बेकिङ सोडा र कागतीको रस राखेर १० मिनेट खुट्टा डुबाउने । बेकिङ सोडा दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो ।
- कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गन्हाउँने समस्याबाट छुटकारा पाउन सिकन्छ ।
- चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्ने । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।
समाधान
- दैनिक सरसफाइ : दिनमा कम्तीमा १ पटक साबुनपानीले खुट्टा धुने।
- मोजा परिवर्तन : हरेक दिन सफा कटन मोजा लगाउने।
- जुत्ता सुकाउने : प्रयोग पछि जुत्ता घाम वा हावामा राम्ररी सुकाउने।
- पाउडर वा एन्टिफंगल स्प्रे प्रयोग गर्ने।
- नङको सफाइ : नङ भित्र ब्याक्टेरिया बस्न सक्छ।
- फंगल समस्या भए डाक्टरले दिएको एन्टिफंगल क्रिमरऔषधि प्रयोग गर्ने।