हाम्रो शरीर प्रत्येक दिन हजारौँ प्रकारका जैविक र रासायनिक प्रक्रियाबाट गुज्रिरहेको हुन्छ। यी प्रक्रियामध्ये एउटा “oxidation”(अक्सिडेन्टह) हो — जसले शरीरमा free radicals नामका हानिकारक अणुहरू उत्पादन गर्छ। यी free radicals ले कोष (cells) लाई क्षति पुर्याउँछन्, जसको प्रभाव छालादेखि अंगहरूसम्म देखिन्छ। यस्तो अवस्थामा एन्टिअक्सिडेन्टहरू शरीरका “ढाल” हुन्, जसले free radicals लाई निष्क्रिय पारेर हामीलाई कोषीय क्षतिबाट जोगाउँछन्।
Antioxidants (एन्टिअक्सिडेन्टहरू) भनेको के हो?
एन्टिअक्सिडेन्ट भनेको यस्तो पदार्थ हो, जसले अक्सिडेन्टहरू प्रक्रियालाई नियन्त्रण गर्छ र शरीरभित्र बन्ने हानिकारक अणुहरू (free radicals) लाई निष्क्रिय बनाउँछ। जब free radicals बढी हुन्छन्, त्यसलाई अक्सिडेटिभ तनाव (oxidative stress) भनिन्छ — जसले समयअगावै बुढ्यौली, मुटुरोग, मधुमेह, क्यान्सर, कपाल झर्ने, छालामा दाग-धब्बा आदि समस्या निम्त्याउँछ। एन्टिअक्सिडेन्टहरू ले यी free radicals लाई neutralize गरेर शरीरलाई सन्तुलित अवस्थामा राख्ने काम गर्छ।
एन्टिअक्सिडेन्टहरू र छालाको सम्बन्ध
छालामा सूर्यको किरण, प्रदूषण र तनावले अक्सिडेटिभ तनाव बढाउँछ। यसले pigment बढाउने, wrinkle ल्याउने र छाला फिका पार्ने काम गर्छ। एन्टिअक्सिडेन्टहरू यिनै समस्याबाट छालालाई जोगाउँछन्। नियमित प्रयोग गरिने भिटामिन सी सीरम, नियासिनमाइड, ग्रीन टी स्ता एन्टिअक्सिडेन्ट -आधारित उत्पादनहरूले:
- छालाको रङ्ग सुधार्छ
- glow बढाउँछ
- दाग-धब्बा घटाउँछ
- aging process ढिलो पार्छ
एन्टिअक्सिडेन्टहरूका प्रकारहरू र तिनका स्रोतहरू
१. भिटामिन सी (Vitamin C) (Ascorbic Acid)
स्रोत: सुन्तला, कागती, अमला, कीवी, टमाटर
फाइदा: Collagen निर्माण, छालामा glow ल्याउने, pigmentation घटाउने
स्किनकेयरमा: भिटामिन सी सीरम वा cream को रूपमा
२. भिटामिन इ (Tocopherol)
स्रोत: बदाम, सूर्यमुखी तेल, अवोकाडो
फाइदा: छालाको नमी, कोमलता र elasticity कायम राख्ने
प्रयोग: Face oil वा moisturizer मा
३. भिटामिन ए (Beta-Carotene / Retinol)
स्रोत: गाजर, हरियो साग, आँप
फाइदा: कोशिकाको पुनः निर्माण, छालाको पुनर्जीवन
४. Polyphenols र Flavonoids (पोलिफेनोल र फ्लेभोनोइड्स)
स्रोत: हरियो चिया, अंगूर, स्याउ, डार्क चकलेट
फाइदा: प्रदूषण र धुलो-धुवाँको असरबाट छाला जोगाउने, सूजन घटाउने
५. Selenium र Zinc (सेलेनियम र जिंक)
स्रोत: अन्न, अण्डा, लसुन, माछा
फाइदा: DNA सुरक्षा, रोग प्रतिरोधात्मक क्षमता वृद्धि
एन्टिअक्सिडेन्टहरू शरीरमा कसरी पुर्याउने?
- आहारबाट: ताजा फलफूल, सागसब्जी, बदाम, बीउ र सम्पूर्ण अन्नहरू खाने ।
- पेय पदार्थबाट: हरियो चिया, बेरी स्मूदी, लेमन वाटर आदि।
- सप्लिमेन्टबाट: चिकित्सकको सल्लाहमा भिटामिन सी , इ, जिंक जस्ता क्याप्सुलहरू।
- छालामा प्रयोगबाट: सीरम, क्रिम वा सनस्क्रिन जसमा एन्टिअक्सिडेन्टहरू हुन्छन्।
- प्राकृतिक (Natural) एन्टिअक्सिडेन्टहरू दैनिक आहारमै समावेश गर्ने।
- सनस्क्रिन बिना भिटामिन सी सीरम प्रयोग नगर्ने ।
- अत्यधिक सप्लिमेन्ट सेवन गर्दा प्रतिकूल असर पर्न सक्छ — चिकित्सकको सल्लाह लिने।
- धूम्रपान, अत्यधिक मदिरा र निद्राको कमीले free radicals बढाउँछ — जीवनशैली सुधार्ने।
एन्टिअक्सिडेन्टहरू केवल “beauty product” होइनन् — यी शरीरका अदृश्य रक्षक हुन्। तिनीहरूले हाम्रो छाला, मस्तिष्क, मुटु र सम्पूर्ण शरीरलाई समयअगावै क्षतिबाट जोगाउँछन्। स्वस्थ जीवनशैली, संतुलित आहार र उचित स्किनकेयरको संयोजनले नै साँचो “glow” र दीर्घ स्वास्थ्य दिन्छ।