तनाव जीवनको हिस्सा हो, तर नियन्त्रण योग्य छ। छोटो–छोटो सकारात्मक बानीले ठूलो परिवर्तन ल्याउन सक्छ। तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः
१. गहिरो सास लिनुहोस्
– केही मिनेट ध्यान दिएर बिस्तारै सास लिँदा मुटुको गति स्थिर हुन्छ र मानसिक शान्ति मिल्छ।
२. पर्याप्त निद्रा लिने
– वयस्कले दैनिक ७–८ घण्टा सुत्नुपर्छ। निद्रा कमीले तनाव र चिडचिडोपन बढाउँछ।
३. नियमित व्यायाम
– हल्का हिँडाइ, योग वा स्ट्रेचिङले पनि एंडोर्फिन (happy hormones) बढाउँछ।
४. समयमै खानपान
– पौष्टिक आहार, फलफूल र पानी पर्याप्त सेवन गर्नाले शरीर र मस्तिष्क दुबैलाई सन्तुलित राख्छ।
५. मोबाइल र स्क्रिन टाइम घटाउने
– निरन्तर मोबाइल प्रयोगले दिमागलाई थकाउँछ। समय–समयमा डिजिटल ब्रेक लिनुहोस्।
६. संगीत सुन्ने वा गीत गाउँने
– मनपर्ने संगीतले तनाव घटाउने प्राकृतिक औषधि जस्तै काम गर्छ।
७. ध्यान (Meditation) गर्ने
– दिनको केही मिनेट ध्यानले सोच स्थिर र एकाग्र बनाउँछ।
८. प्रकृतिसँग समय बिताउने
– हरियालीमा हिँड्दा मन हल्का हुन्छ, तनाव स्वतः घट्छ।
९. प्रियजनसँग कुरा गर्ने
– मनको कुरा भन्नु, सुनाउनु पनि मानसिक उपचार हो।
१०. कामको प्राथमिकता तय गर्ने
– योजना बनाएर काम गर्दा दवाब घट्छ, परिणाम स्पष्ट हुन्छ।
११. हाँस्ने बानी बसाल्ने
– हाँसोले तनाव हटाउँछ र शरीरमा सकारात्मक उर्जा फैलाउँछ।