हाल नेपालमा मिर्गौला सम्बन्धी रोग तीव्र रुपमा बढ्रदै गएको देखिन्छ। विभिन्न अध्यन अनुसार करिब १० जना मध्य १ जनालाई मिर्गौला सम्बन्धी रोग देखिने गरेको तथ्यांक छ, जुन एकदम चिन्ताजनक अवस्था हो । विशेषगरि नसर्ने रोग जस्तै मधूमेह(सूगर) र उच्च रक्तचाप (प्रेसर) ले गर्दा मिर्गौलामा असर पर्ने गर्छ। यि दुई रोग मात्र नभएर रोग उत्पन्न गर्ने माध्यम पनि हुन् । सामान्यतया, उच्च रक्तचाप, मधुमेह लगायतका कारण मिर्गौलामा क्षति पुग्ने गर्दछ । जब रक्तवाहिका क्षतिग्रस्त हुन्छ, तब मिर्गौलले काम गर्न छोड्छ ।
यो समस्या भएमा मिर्गौलामा क्रमश क्षति भई मिर्गौलाले काम गर्न समेत बन्द गर्छ । यतिसम्मकी डायलासिस तथा ट्रान्सप्लान्ट पश्चात्त पनि मधुमेहका विरामीको हालत अन्य विरामी भन्दा अझै धेरै खराब हुनसक्छ ।
मधुमेह र उच्च रक्तचापलाई आमा र बुबा पनि भन्न मिल्छ । तर यि समस्या हुने सबैलाई मिर्गौला सम्बन्धी रोग हुन्छ भने हुदैन्। यिनिहरु सन्तुलनमा नभएमा मिर्गैलाको समस्या देखा पर्छ। मधुमेह र उच्च रक्तचापले मिर्गैला मात्र नभएर आँखा, मुटू लगाएत शरिरको अन्य भागमा पनि असर गर्छ। औषधि मात्र सेवन गर्दैमा यि रोग सन्तुलित हुदैन्न, यिनलाई सन्तुलनमा ल्याउन अ, आ र औ यि तिन नियमको पालना गर्न अनिवर्य हुन्छ।
अ - अनुशासन
अनुशासित जिवनशैलि नै स्वस्थ जिवनको कुंजि हो। सुगर तथा उच्च रक्तचाप जस्ता रोगहरु नियन्त्रण गर्न दैनिक व्यायम तथा स्वस्थ जिवनको नियमको पालना गर्नु आवस्यक हुन्छ ।
आ - आहार
दैनिक जीवनमा हामी के सेवन गर्छौं, त्यो नै हाम्रो स्वास्थ्यको आधार हो। सन्तुलित, पौष्टिक र कम नुन–चिनी भएको आहारले सुगर र रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ। हरियो सागसब्जी, फलफूल, प्रशस्त पानी र बोसो कम भएको खाना सेवन गर्नु अत्यन्त आवश्यक हुन्छ। असन्तुलित खानपानले मिर्गौला मात्र होइन्, शरीरका अन्य अंगहरूमा पनि नकारात्मक असर पार्छ।
औ - औषधि
मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरूले नियमित रूपमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नु अत्यावश्यक हुन्छ। औषधि समयमै र सही मात्रामा सेवन नगरेमा रोग नियन्त्रण बाहिर जान सक्छ र मिर्गौलामा दीर्घकालीन क्षति पुर्याउन सक्छ, तर यसकालागि औषधि मात्र पर्याप्त हुँदैन, औषधिसंगै आहार र अनुशासनको सन्तुलन पनि उतिकै महत्वपुर्ण हुन्छ ।
त्यस्तै, नियमित प्रेसर जाँचले रक्तचाप र समय समयमा पिसाबको परिक्षणले मात्र पनि मधुमेह पत्ता लगाउन सकिन्छ । यो रोग लागेमा यसले विभिन्न चुनौती निम्त्याउने गर्छ । यि रोग लाग्न नदिनु र लागे पनि नियन्त्रणमा राख्नु जरुरि हुन्छ ।