काठमाडौं- व्यक्ति अनुसार सबैको बानि फरक हुन्छ । तर हरेक व्यक्ति खुशि हुदाँ हास्ने, दुखि हुदाँ रुने र चित्त नबुझ्ने कुरामा रिसाउने गर्दछन् ।
रिस एउटा भावनात्मक संवेग हो । आफुले चाहेको जस्तो नभए रिस उठ्छ । रिसले कहिलेकाहि आत्मरक्षा गरिरहेको हुन्छ । तर सही समयमा रिसलाई व्यवस्थापन वा नियन्त्रण गर्न नसक्दा धेरै हानि हुनसक्छ ।
उच्च रक्तचाप भएका व्यक्तिहरु छिट्टै रिसाउने गर्छन् । किनकि उच्च रक्तचाप भएपछि रगतको चाप मस्तिष्कमा धेरै हुने भएकाले दिमागले रिसलाई नियन्त्रण गर्न सक्दैन । जति उच्च रक्तचाप बढ्यो त्यति रिस उठ्छ । भने जति रिसायो त्यति नै उच्च रक्तचाप बढ्ने गर्दछ । यि दुई एक अर्कामा अन्तर सम्बन्धित छन् । रिसाएर एक्कासि चिच्चाउँदा उच्च रक्तचाप बढेर मस्तिष्कमा रगतको नलि खुम्चिएर रगतको नलि फुट्नसक्छ वा मस्तिष्घात हुन सक्छ । रगतको नलि फुटेर मस्तिष्घात भएमा सो व्यक्तिको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।
रिस उठ्नैपर्छ भन्ने छैन । त्यसलाई नियन्त्रण गर्न पनि सकिन्छ । रिसका कारण विभिन्न स्वास्थ्य समस्या झेल्नु भन्दा रिस नियन्त्रण गर्ने क्षमता बढाउनु नै सबैभन्दा उत्तम उपाय हो । रिसलाई हामीले नियन्त्रण गर्न सक्छौं ।
धेरै रिसाउँदा शरीरमा के हुन्छ ?
रिसको अवस्थामा शरीरमा ‘फाइट वा फ्लाइट’ प्रतिक्रिया सक्रिय हुन्छ । यसलेस्
- मुटुको धड्कन बढाउँछ
- रक्तचाप बढाउँछ
- मांसपेशीमा तनाव ल्याउँछ
- श्वासप्रश्वास छिटो बनाउँछ
- तनाव बढाउँछ
यस्तो अवस्था बारम्बार दोहोरिँदा मुटु र मस्तिष्कमा असर पर्न सक्छ ।
मस्तिष्कघातका संकेत
रिसाएको वा तनावपछि अचानक:
- अनुहारको एक भाग बांगिनु
- हात–खुट्टा कमजोर हुनु वा नचल्नु
- बोली अस्पष्ट हुनु
- आँखाले कम देख्नु
- हिँड्न समस्या हुनु
- जस्ता लक्षण देखिए तत्काल अस्पताल जानुपर्छ ।
त्यसैले रिसलाई नियन्त्रण गर्ने उपायहरु धेरै छन्:
- ध्यान गर्ने बानि बसाले सहजै रिस नियन्त्रण गर्ने सकिन्छ ।
- शरीरको दबाबमा मनलाई राख्न सकेमा रिस उठ्दैन ।
- बिहान उठेर पुजा गरेर मात्र अरु काम सुरु गरेमा पनि रिस ९० प्रतिशत रिस आफैँ कम हुन्छ ।
- जब व्यक्ति ध्यानमा लुप्त हुन्छ उसले रिस राग भुल्न सक्छ । त्यसैले सानो सानो कुराहरुमा पनि झनक्क रिसाइहाल्ने व्यक्तिले ध्यान गर्ने बानि बसाल्नुपर्छ ।
- उच्च रक्तचाप बढि भएमा पनि रिस धेरै उठ्ने भएकाले उच्च रक्तचाप नियन्त्रण गरेमा पनि रिस कम उठ्छ ।
- शरीरमा रहेको सेरोटिनन् तत्व जति बढ्यो त्यति रिस उठ्छ । त्यसैले सेरोटिनन् तत्व कम गर्नका लागी हास्ने बानि बसाल्नुपर्छ ।
- जो व्यक्ति बढि हास्छ उसलाई रिस एकदमै कम उठ्छ ।
- त्यसका साथै रिस कम गराउने एलोपेथिक औषधिहरु पनि पाइन्छ ।
सानो कुरामा धेरै रिसाउने बानीलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन । रिस व्यवस्थापन गर्ने क्षमता विकास गर्नु नै मुटु र मस्तिष्कलाई स्वस्थ राख्ने एउटा महत्वपूर्ण उपाय हो ।
(मुटुरोग विशेषज्ञ डा. प्रेम राज बैद्य सँगको कुराकानीमा आधारित)