तपाईको छालामा कतै सेतो दागले हैरान हुनुभएको छ ? कतिपय जन्मजात दागको उपचार नभए पनि प्राकृतिक तरिकाले यसको उपचार गर्न सकिन्छ । हत्केला लगायतका शरिरका विभिन्न स्थानमा पछाडि सेतो दाग वा दुबी छालासम्बन्धी समस्या भिटिलिगोका कारण हुने गर्छ । शरिरमा देखिने यस्ता दागको उपचारका केही घरेलु उपायः
नरिवलको तेलः नियमित रुपमा दुबी आएको स्थानमा नरिवलको तेल लगाउदा बिस्तारै दाग हराउँछ । यो तेलले फन्जाई, व्याक्टेरिया र जलनबिरुद्ध शरिरलाई लड्न सक्ने क्षमत बृद्धि गर्छ र फुस्रो दाग हट्छ ।
अदुवाः सेतो फुस्रो दागी भएको स्थानमा अदुवाको रस लगाउदा वा जुस खादा दुबी हराउँछ । यसले रक्त प्रबाहलाई सुधार गर्छ ।
तामाको भाँडामा राखेको पानी पिउनुहोस्ः बिहान खाली पेटमा नियमित रुपमा तामाका भाँडामा राखेको पानी पिउदा मेलानिन उत्पादन हुन्छ । मेलानिनले शरिरको छाला फुस्रो हुनबाट बचाउँछ । तामाको भाडामा रातभर राखेको पानी पिउदा शरिरमा पर्याप्त मेलानिन उतपादन हुन्छ ।
रातो माटोः रातो माटोमा कपरको मात्रा उच्च हुने भएकोले छालाको दागीको उपचार गर्न मद्दत गर्छ । रातो माटोलाई अदुवाको जुसमा मिसाएर दुबी आएको स्थानमा लगाउदो निको हुन्छ ।