काठमाडौं - आमाको दुध आमाको खानाबाट भन्दा पनि रगतबाट बन्ने हुनाले खानाले दुधको रचनामा कुनै फरक पार्दैन । स्तनपान गराउने आमाले सबै प्रकारका स्वस्थ्य खानेकुरा खान मिल्छ । अत्याधिक मसालेदार खानाले दुधको स्वाद हल्का फरक हुन सक्छ ।
शाहाकारी आमाले भिटामिन बि १२ को सप्लिमेन्ट खानुपर्छ साथै क्याल्सियमका लागी प्रशस्त दुग्ध पदार्थ खानुपर्छ ।
आमालाई एलर्जी हुने खानेकुराले बालबालिकालाई दुधको माध्यमबाट कहिलेकाहि एलर्जी हुन सक्छ । त्यस्तो अवस्थामा सो खानेकुरा खान बन्द गर्नुपर्छ ।