काठमाडौं- इम्प्लान्ट अस्थायी परिवार नियोजनको साधनमध्ये एक हो । यो साधन तालिमप्राप्त स्वास्थ्यकर्मीबाट महिलाको पाखुराको छालामुनि राख्न र झिक्न सकिन्छ ।
यो एक पटक लगाएपछि ५ बर्षसम्म काम गर्छ । यो साधन प्रयोग गरेका दम्पतिहरुले सन्तानका रहर भएमा झिकेपछि गर्भाधारण गर्न सकिन्छ । यो एक प्रभाबकारी र सुरक्षित साधन हो । इम्प्लान्ट झिकिसकेपछि २ ३ दिन भित्र महिलाको प्रजनन क्षमता पहिलेकै अवस्थामा फर्किन्छ ।
यो साधन सुत्केरी भएको ४५ दिनमा राख्न सकिन्छ । साथै स्तनपान गराई रहेकि महिलालाई पनि उपयोगि हुन्छ । यो साधन पहिलो बच्चा ढिला पाउन चाहने, लामो समय जन्मानान्तर गर्न चाहने र बच्चाको रहर पुगिसकेका दम्पतिहरुले प्रयोग गर्न सक्छन् ।
महिनावारी भएको ७ दिन भित्र वा यदि महिला गर्भवती नभएको एकिन भएमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मीको सल्लाह अनुसार यो साधन लगाउन सकिन्छ ।
इम्प्लान्ट प्रयोग गर्दा महिनावारीको रक्तस्रावमा घटबढ हुन सक्छ तर यो सामान्य असर हो । जुन केहि समयपछि आफै हराएर जान्छ । यस सम्बन्धि थप जानकारीको लागी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।
सुत्केरीपछि बच्चालाई ४५ दिनको खोप लगाउने बेलामा स्वास्थ्यकर्मीबाट इम्प्लान्टबारे परामर्श लिन उपयुक्त हुन्छ । उक्त संस्थामा यो सेवा उपलब्ध भएमा तुरुन्तै लिन सकिन्छ । तर उक्त संस्थामा नभएमा नजिकै कहाँ र कहिले उपलब्ध हुन्छ भन्ने कुराको जानकार सोहि संस्थाबाट नै लिनुपर्छ ।