लुम्बिनी विकास बैंक लि ले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्ट प्रा. लि.मा आफ्ना ग्राहक महानुभावहरु लाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागिसम्झौता गरेको छ । कुटि रिसोर्ट प्रा. लि. पोखराको मुख्य पर्यटकिय स्थल फेवातालको नजिक रहेको छ । सम्झौतामा अनुसार लुम्बिनी विकास बैंक लि का सम्पुर्ण ग्राहकहरुलाइ कुटि रिसोर्ट प्रा. लि. का बिभिन्न सेवा तथा सुबिधाहरुमा २५% सम्मको छुट प्रदान गर्नेछ । कुटि रिसोर्ट प्रा. लि.को बिभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहकहरुलाई खाना तथा बस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ्गपुल, स्पा तथा स्उनाको आनन्द लिन सक्ने छन् ।
बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटि रिसोर्ट प्रा. लि. को तर्फबाट मेनेजिङ्ग डाईरेक्टर देबेन्द्र के. सी. ले संयुक्त रुपमा
सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।
लुम्बिनी विकास बैंक लिमिटेडले निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७वटा एटिएमबाट आफ्नाकरिब २ लाख ७४ हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय,आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदानगर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट,एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनिअतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।