जाडो मौसमलाई छालाको शत्रु मौसम भन्ने गरिन्छ । जाडोमा छालामा सुख्खापन बढ्दै जाने तथा विभिन्न समस्याहरु आउने गर्छन् । जाडोमा हाम्रो शरीरको तापक्रम र बाहिरी वातावरणको तापक्रमबीच सन्तुलन नमिल्दा छालामा सुख्खापनको समस्या देखा पर्ने गर्छ ।
जाडो मौसममा छालामा हुने सुख्खापनलाई कम गर्ने उपायहरु
१. पुरा शरीर ढाकिने पहिरन लगाउनु पर्दछ ।
२. हरियो सागसब्जी खाने तथा प्रशस्त पानी पिउने गर्नुपर्दछ ।
३. छालामा टासिने गरी भित्रि लुगा लगाउदाँ सुती कपडा प्रयोग गर्नुपर्छ ।
४. मनतातो पानि बाहेक धेरै तातो वा चिसो पानिले सीधै नुहाउनु हुदैन ।
५. दुई चम्चा नुनलाई एक बाल्टी मनतातो पानीमा मिसाएर नुहाएमा छाला सुख्खा हुन पाउदैन ।
६. जाडोमा साधारण साबुको सट्टा उच्च मोस्टराइज भएका साबुनको प्रयोग गर्नुपर्छ ।
७. नुहाएपछि हल्का भिजेको शरीरमा तेल वा बडि लोसन लगाउने गर्नु पर्दछ ।
८. यदि हातखुट्टा फुट्ने समस्या भएमा मनतातो पानीमा नुन राखेर डुबाउने गर्नुपर्दछ ।
९. शरीरलाई ओसिलो राख्न तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्दछ ।
१० यदि यि उपायले पनि छालाको सुख्खापना कम भएन भने चिकित्सकको सुझाव लिनुपर्छ ।