काठमाडौं- सुन्दर बन्न कसलाई पो मन नलाग्ला र ? सुन्दर हुनका लागि मानिसले विभिन्न उपायहरु अपनाएको पाईन्छ । कस्मेटिक क्रिम देखि सर्जरी सम्मको प्रयोगले आफुलाई सुन्दर र आकर्षक बनाईरहेका हुन्छौं । यस्तै एउटा प्रविधि हो साधारण शल्यक्रिया जसमा शरीरको बोंसो झिकेर अनुहार सुन्दर बनाईन्छ ।
शरीरको कुनैपनि भागमा बसेको अधिक बोसोलाई निकालेर अर्को भागमा प्रत्यारोपण गर्ने प्रक्रियालाई नै बोसो प्रत्यारोपण आर्थत फ्याट ग्राफ्ट भनिन्छ ।
बोसो झिक्ने र राख्ने क्रममा ट्युमिसेन्ट एनेस्थेसियाको सहायता र नदुख्ने क्रिमको प्रयोग गरिन्छ जसका कारण बोसो झिक्दा दुखाई हुदैन् ।
बोंसो प्रत्यारोपण वा फ्याट ग्राफ्टले अनुहारको चाउरी अर्थात उमेरले गर्दा आउने चाउरीपना , घाउ, खत, पोलेको दाग भर्न, रोगले सुकेको छाला वा मासु पुर्न, अनुहार चम्किलो बनाउनुका साथै पुरै अनुहार कसिलो र जवान देखाउन समेत यसको प्रयोग गरिन्छ ।