काठमाडौं । दहीले स्वास्थ्यका लागि फाइदा मात्र नभएर छालालाई पनि चमक दिन्छ। दहीबाट बनेको फेसप्याकले चाउरी परेको, दाग तथा रेखाको समस्याबाट छुटकारा पाउन सकिन्छ।
घरमै बनाएको दहीमा सबैभन्दा बढी क्याल्सियम हुन्छ। जसले हड्डी र दाँतलाई बलियो बनाउँछ । यसका साथै जिङ्क, ल्याक्ट्रिक एसिड र भिटामिनले छालालाई स्वस्थ बनाउँछ।दहीबाट बनेको फेसमास्क लगाउनले अनुहारमा चम्किलो र निखार आउँछ। यसले छालालाई नरम पनि बनाउँछ।
दहीले बनेको फेसप्याकले छालालाई चिसो राख्छ र छालालाई नरम पनि बनाउँछ। छालासम्बन्धी समस्यालाई निर्मूल गर्छ। त्यसैले, यसलाई बनाउने तरिका र यसका फाइदाहरू जान्नु आवश्यक छ।
फेसप्याक बनाउने तरिका
अण्डाभित्र भएको सेतो भाग लिनुहोस्, यसमा एक चम्चा चनाको पिठो, एउटा केरा र २ चम्चा दही मिसाई राम्रोसँग घोल्नुहोस्।
यदि, तपाईंको छाला सुख्खा छ भने २ चम्चा दही, १ चम्चा मह, १ चम्चा कागतीको रस राखेर बनाउन सकिन्छ। यसरि बनाएको पेस्ट लाई अनुहारमा लगााउनुहोस् लगाइसकेपछि यसलाई १५ मिनेटसम्म यसै छाडी १५ मिनेटपछि सफा पानीले धुनुहोस्।