काठमाडौं । ओइली स्किन अर्थात चिल्लो छाला हुने व्यक्तिको अनुहारमा पिम्पल्स, कालो हेड, चिपचिपन जस्ता धेरै समस्या देखिने गर्दछ । जसको कारण उनीहरूमा आत्मविश्वास पनि कम हुन्छ।
ओइली स्किन भएका व्यक्तिले धेरैजसो सौन्दर्य समस्या झेल्नुपर्ने हुन्छ । तेलमुक्त छाला प्राप्त गर्न केहि सजिलो घरेलु तरिका छन् । यो तरिका अपनाएमा छालाबाट अतिरिक्त तेल हटाएर नयाँ चमक दिन्छ। तेल मुक्त छाला पाउन यस्तो सजिलो घरेलु तरिका अपनाउनुपर्ने हुन्छ।
तेलयक्क्त छालाबाट छुटकारा पाउन चन्दनको पाउडर र दहीलाई कागतीको रसमा मिलाएर लगाउनुहोस्।
चनाको पिठो, १ चम्मा जैतुनको तेल र एक चम्चा हल्दीको पाउडर मिलाएर अनुहारमा हल्का हातले मालिश गर्दा फोहोर र बढी तेल दुबै हटाउनेछ।
तेलयुक्त छाला सफा गर्न आवश्यक मात्रामा काँक्रोको जुस, २ चम्चा सेतो सिरका, फिटकिरी पाउडर र २ अण्डाहरू एकैपटक मिश्रण गर्नुहोस्। यो लगाएमा पनि ताजा महसुस हुन्छ ।
आधि स्याउ पिसेर १ चम्चा ओटमील पाउडरमा दूधलाई मिलाउनुहोस् र त्यसलाई अनुहार र घाँटीमा लगाउनुहोस्। १५ मिनेट पछि हल्का छोड्नुहोस्।