एजेन्सी । सुत्ने कोठामा फोन चार्ज गर्दा मोटोपना बढ्ने र मधुमेहको रोग लाग्ने अध्ययनले देखाएको छ ।
बेलायतका वैज्ञानिकहरूका अनुसार सुत्ने कोठामा फोन चार्ज गर्दा शरीरमा मेलाटोनिन उत्पादनमा असर गर्छ । अँध्यारो कोठामा सुत्दा मानव शरीरमा मेटाबोलिजम बढाएर राम्रो निन्द्रा लाग्ने रिपोर्टमा उल्लेख छ ।
तर सुत्ने कोठामा मोबाइल फोन वा ट्याब्लेट चार्ज गर्दा यसले शरीरमा मेलाटोनिनको स्रावलाई असर गर्ने हुन्छ । जसको परिणामस्वरूप मेटाबोलिजम असन्तुलन हुने कारण मोटोपना र मधुमेहका लक्षण देखा पर्ने हुन्छ ।
फोन चार्जमा हुँदा यसले थोरै मात्रामा भएपनि इलेक्ट्रोम्याग्नेटिक रेडियसन उत्पन्न गर्छ । कुनै डिभाइस प्रयोग गरएको छैन भनेपनि उक्त डिभाइसले रेडियन उत्पन्न गरिरहेकै हुन्छ । मोबाइल नचलाउँदा र मोबाइल चलेको अवस्थामा यसको रेडियसन भ्यालु फरक हुन्छ ।
मोबाइल फोनबाट जति टाढा भयो यसको इलेक्ट्रोम्याग्नेटिक रेडियनको असर त्यति नै कम हुन्छ । त्यसैले अनुसन्धानकर्ताहरूले सुत्ने बेलामा आफ्नो मोबाइल फोन बन्द गर्न सुझाव दिएका छन् । वा आफ्नो मोबाइल फोन सुत्ने कोठामा चार्ज गर्दा आफू उक्त कोठामा बस्न नहुने बताइएको छ । सुत्नुअघि मोबाइल मात्र नभइ अन्य डिभाइसहरू पनि अनप्लग गर्नु उपयुक्त हुन्छ ।