काठमाडौं । अहिले अधिकांश होम क्वारेन्टाइनमा छन् । घरमा बस्दा के गर्ने ? धेरैको लागि बाहाना मिलेको छ, मोवाइल। मोबालइलमै तल्लिन भएर कतिपयले दिन कटाइरहेका छन्।
त्यसो त मोबाइलको प्रयोग कतिसम्म बढेको छ भने हामीलाई शौचालयमा समेत चाहिन्छ। यस्तो लाग्छ मानौं मोबाइल भएन भने दिसा पिसाब नै गर्न सकिदैन । साना बालबच्चाहरुमा जसरी मोबाइल देखाएपछि मात्र खाना खाने प्रवृत्ति देखिदैछ, त्यसैगरी हामीमा मोवाइल बोकेर मात्र शौचालय पस्ने बानी परिसकेको छ।
अहिलेको व्यस्त जीवनशैली, फास्ट फूड र शारीरिक गतिविधिमा कमी जस्ता कारणहरुले मानिसहरु त्यसै त पाइल्सको जोखिम बढाइदिएको छ। त्यसमाथि शौचालयमा मोबाइल प्रयोग गर्दा जोखिम बरु बढेको छ । किनभने मोबाइल प्रयोग गरिरहँदा शौचालयमा आवश्यक्ताभन्दा बढी समय बिताइन्छ । मानिसहरु ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरु समयमा भन्दा तीन गुणा बढि समयसम्म बस्छन् भनिन्छ।
यसो गर्दा पाइल्स हुने खतरा बढि हुन्छ । त्यसैले शौचालय जाँदा मोबाइल साथमा लानु हँुदैन । मोबाइल मात्र होइन शौचालयमा पत्र–पत्रिका पनि पढ्नु हुँदैन । त्यस्तै कमोड भन्दा पाइन भएको शौचालयको प्रयोग गर्नु राम्रो हुन्छ । यो क्रम नियमित हुँदा त्यसले पायल्सको समस्या निम्त्याउने जोखिम बढ्छ ।
चिकित्सकका अनुसार पहिलाको तुलनामा अहिले पाइल्सको समस्या धेरै व्यक्तिमा देखिन थालेको छ ।