काठमाडौं । सामाजिक सञ्जालको धेरै प्रयोगले किशोरीकिशोरीको मानसिक स्वास्थ्य बिगार्ने बेलायती अध्ययनले देखाएको छ ।
बिबिसीमा प्रकाशित साम १४ वर्षको उमेर पुगेपछि दुवै किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पर्ने भए पनि सामाजिक सञ्जालको धेरै प्रयोगले धेरैजसो १३ देखि १९ वर्षका किशोरीकिशोरीको मानसिक स्वास्थ्य बिगार्ने एजुकेसन पोलिसी इन्स्टिट्युट र द प्रिन्स ट्रस्टको अध्ययनले देखाएको हो ।सामाजिक सञ्जाल नकारात्मक मानसिक स्वास्थ्य र आत्मसम्मानसँग जोडिने हुँदा धेरै किशोरकिशोरी डिप्रेसन र निराश महसुस गर्ने गर्छन् ।
सम्भावित मानसिक समस्या भएका किशोरकिशोरीको सङ्ख्या प्रत्येक ६ जनामा एक जना छ । सन् २०१७ मा उक्त सङ्ख्या नौमध्ये एकमा मात्र थियो ।किशोरको तुलनामा किशोरीमा मानसिक स्वास्थ्य थप बिग्रिने अध्ययनले देखाएको छ । बेलायतका सन् २००० पछि जन्मिएका पाँच हजार व्यक्तिमा गरिएको अध्ययन अनुसार तीनमध्ये एक किशोरी आफ्नो शरीरका बारेमा असन्तुष्ट हुन्छन् ।
तर, किशोरीहरूमा आत्मसम्मान र मानसिक स्वास्थ्य उमेर बढेसँगै स्थिर हुँदै जाने भए पनि यसको तुलनामा किशोरहरूमा घट्दै जाने अध्ययनले देखाएको हो ।