हामी सामान्य टाउको दुखाइलाई पनि महत्व दिन्छौं । अलिकति कतै छाला नै खोस्रियो भने पनि उपचारको चिन्ता गर्छौं। तर जीवनको सबैभन्दा महत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौं । तर मुख र दाँतको स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ।
हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौं भने समयभन्दा अघि नै दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छ। यतिमात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सक्दैनौँ । सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ। बालबालिकादेखि नै कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नुपर्छ ।
कारण
। गिजामा पिप जमेर । पिनास भएमा। पेटको समस्याका कारण-गिजा रोगी भएमा। दाँतमा खाना अड्केर सडेमा। जिब्रो सफा नगरेमा। पानीको मात्रा कम भएमा। धूमपान र मद्यपानका कारण। मिर्गौलाको समस्या छ भने। फोक्सोको संक्रमणका कारण
बच्ने उपाय
। साँझ बिहान राम्रोसँग दाँत माझ्ने। जिब्रोको माथिल्लो भाग सफा गर्ने। कीरा लागेको र प्वाल भएको दाँतको उपचार गर्ने। खानेकुरा खानेबित्तिकै कुल्ला गर्ने। प्रशस्त पानी पिउने। कब्जियतलगायतको समस्याबाट मुक्त हुने। दन्त रोग विशेषज्ञसँग उपचार र परामर्श लिने