काठमाडौं । अधिकाशं महिलालाई २८ दिनको चक्रमा महिनावारी हुने गर्दछ । तर कहिलेकाहि २१ देखि ३५ दिनसम्ममा पनि महिनावारी हुनसक्छ । यो समयावधी पनि सामान्य हो ।
तर, बिवाहित महिला जो नियमित सहवासमा हुन्छिन् उनको नियमित रुपमा भइरहेको महिनावारी रोकिए गर्भ रहेको शंका हुने गर्दछ ।
महिनावारीको कति दिनमा गर्भ रहन्छ ?
महिनावारी भएपछि महिलाको शरीरमा अर्को अण्ड निस्किन्छ । यस्तोमा यदि ५ दिनसम्म
पीरियड चलेको भए त्यस लगत्तै पार्टनरसँग सम्बन्ध भएमा गर्भ रहने सम्भावना हुन्छ । तर महिनावारी भएको ११ दिनपछि शारीरिक सम्पर्क भयो भने यो समयमा गर्भ रहने सम्भावना सबै भन्दा अधिक हुन्छ ।
यदि अर्को पिरीयड हुनुपर्ने मितिको १२ देखि १४ दिन अघिसम्म शारीरिक सम्पर्क भएमा यो समयमा गर्भ रहने सम्भावना अधिक हुन्छ ।
गर्भवती हुदाँको लक्षणहरु
– खान मन नलाग्नु
– अन्य समयमा भन्दा बढि वान्ता हुनु
– स्तन सारो वा दुखे झै हुनु
– धेरै पिसाब लाग्नु
– शरीर गल्नु, थकानको महशुस हुनु
– पेटमा ग्यास भरिए झै हुनु
– छातीमा जलन पैदा हुनु
– मुखको स्वाद बिग्रनु