एजेन्सी । बुबाको डाइट, व्यायाम तथा जीवनशैलीले पनि गर्भमा रहेको बच्चालाई असर गर्न सक्ने अध्ययनले देखाएको छ ।
बच्चा आमाको गर्भामा हुने भएकाले बच्चाको स्वास्थ्य गर्भावस्थामा आमाले सेवन गर्ने आहार तथा सक्रियतामा निर्भर हुने मान्यता रहेको पाइन्छ ।
तर, भर्जिनिया युनिभर्सिटी स्कूल अफ मेडिसिन र अन्य संस्थाहरूको अध्ययनलेअभिभावक बन्न गइरहेका जोडीको जेनेटिक्स, आहार तथा जीवनशैलीले बच्चाको राम्रो स्वास्थ्य निर्धारण गर्ने पत्ता लगाएको हो । गर्भमा शिशु आउनुभन्दा पहिले आमाबुबाले बोसोयुक्त खानाको बढी सेवन गरेमा बच्चामा मेटाबोलिजमसँग सम्बन्धित समस्या हुने जोखिम हुन्छ । गर्भावस्थामा आमा सक्रिय रहे यो जोखिम कम हुने भएपनि बुबा पनि सक्रिय रहन जरुरी हुने अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार गर्भमा शिशु आउनु भन्दा पहिले आमा वा बुबालाई मधुमेह, मोटापना वा इन्सुलिन प्रतिरोध हुने सनस्या भएमा भविष्यमा बच्चामा पनि यस किसिमको समस्या हुने सम्भावना बढी हुन्छ । साथै, बच्चाहरूले आफ्ना आमाबुबाको जस्तै खाने र व्यायाम बानी अपनाउँने हुदा बच्चाको स्वास्थ्य आमाबुबामा निर्भर हुन्छ ।
गर्भावस्था अघि र गर्भावस्थाको अवधिमा आमा र बुबा दुबैले शारीरिक गतिविधि गर्नु महत्त्वपूर्ण हुने भर्जिनिया स्कूल अफ मेडिसिनका डा. जेन यानले बताएका छन् । आमा बुबाको जेनेटिक नै भविष्यमा बच्चाको राम्रो स्वास्थ्यको आधार बन्ने हुदा आमा र बुबा शारीरिक रूपमा सक्रिय हुनु आवश्यक रहेको अध्ययनको निष्कर्ष रहेको छ ।