काठमाडौं - विश्वभरीका लाखौं महिलाहरुले जन्मनान्तरको लागि प्रयोग गर्दै आएको सुरक्षित , भरपर्दो एवं प्रभावकारी परिवार नियोजनको अस्थायी साधन तीन महिने संगिनी सुई नेपालमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले औषधि पसलबाट सेवा प्रदान गर्दै आएका छन् । नेपाल सि. आर. एस कम्पनिद्धारा सन् १९९४ देखि संगिनी को नाममा विक्री वितरण गरिएको छ । संगिनी तीन महिने सुई सहि रुपमा ठीक तीन तीन महिनामा लगाउने गरेमा यसको प्रभावकारिता ९९.७ प्रतिशत छ ।
१. संगिनीले कसरी काम गर्छ ?
संगिनी तीन महिने सुई एउटै मात्र प्रोजेष्ट्रोन हर्मोनले बनेको छ । यसमा भएको प्रोजेष्ट्रोनले शरीरमा निम्न प्रकारको परिर्वतन ल्याएर गर्भ रोक्छ ।
- डिम्ब उत्पाद हुनबाट रोक्छ ।
- पाठेघरको मुखमा हुने रसलाई बाक्लो पार्दछ जसले शुक्रकीटलाई गर्भाशयमा प्रवेश गर्नबाट रोक्छ ।
- गर्भाशयको भित्री भागलाई पातलो बनाईदिन्छ, जसले गर्दा डिम्ब निसेचित भए पनि भ्रुणको विकास हुने अनुकूल वातावरणको अभावमा गर्भ रहन पाउंँदैन ।
२. संगिनी तीन महिने सुईका फाईदाहरु क के हुन ?
- यो अत्यन्त भरपर्दा साधन हो ।
- यो सजिलो साधन हो ।
- तुरुन्तै असरगर्छ ।
- गोपनियता भंग हुदैन ।
- स्तनपान गराउने आमाले पनि प्रयोग गर्न सकने ।
- ईष्ट्रोजन हर्मोन नभएकोले स्वास्थ्यको लागि कम खतरा हुन्छ ।
३.संगिनी तनि महिने सुईले जन्मान्तर बाहेक अरु केके फाईदा गर्छ ?
- महिनावरी हुदा रगत बग्न कम गराउँछ ।
- तल्लो पेट सम्बन्धी रोगको खतरा कम गराउँछ ।
- रक्त अल्पताबाट हुने रोग (एनेमिया) भएकि महिलालाई फाईदा गर्दछ ।
- पाठेघरको भित्री पत्रको क्यान्सर हुनबाट बचाउँछ ।
- डिम्ब बाहिरी नलिमा गर्भ हुनबाट बचाउछ ।
४ संगिनी तीन महिने सुुईबाट हुने साधारण असरहरु के के हुन ?
- यसले यौन रोग र अन्य एच.आई.भि बाट बचाउदैन ।
- सुई लिएको शुरु शुरुमा हल्का रगत बग्ने साथै बीच बीचमा रगत थोपाहरु देखापर्ने
- सामान्य तौल बढ्ने ।
- यो सुई लगाउन छाडे पछि पनि प्रजनन शक्ति फर्कन समय लाग्ने ।
- सुई लगाए पश्चात बढी रगत गएमा के गर्नुपर्छ ?
- संगिनी सुई लगाउन महिलाहरुमा बढी रगत गएमा आफूले सुई लगाएको ओषधि पसलमा वा नजिकको क्लिनिकमा सल्लाहको लागि जानुपर्छ।
५. संगिनीको पहिलो सुई कहिले लगाउनु पर्छ ?
- सामान्यतया महिनावरी भएको सात दिन भित्र संगिनीको पहिलो सुई लगाउनु पर्दछ साथै बच्चा जन्मिएको छ हप्ता पछि पनि लगाउन सकिन्छ ।