खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नका कण दाँतमा अड्किन्छ । दाँतमा अड्किएको उक्त अन्नको कण ब्याक्टेरियाले खाएर एक प्रकारको एसिड निकाल्छ उक्त एसिडले दाँतको सतह वा इनामेललाई पगाल्छ ।
जसलाई क्याभिटी भनिन्छ, सानोबाट सुरु भएको उत्तः क्याभिटी ठूलो हुँदै जान्छ । दाँत किराले खानुका कारण पछिल्लो समय नेपालमा रेडिमेड खानेकुराहरू जतिबेला पनि खाने चलन छ । यसले पनि दाँतलाई असर पुगेको छ ।
बच्ने उपाय
– दाँत किराले खानु वा बिग्रिनुको मुख्य कारण दाँतको स्याहार नगरेर हो । दैनिक रूपमा बिहान–बेलुका दाँत सफा गर्ने गरेमा किराले खाँदैन ।
– फ्लोराइडयुक्त दन्तमन्जनले दिनमा दुईपटक दाँत सफा गर्ने तथा खाना खाएपछि पानीले राम्ररी कुल्ला गर्ने ।
– गुलियो खाने कुराहरू जस्तै, चिनी, चकलेटको प्रयोग कम गर्ने ।
– वर्षमा दुईपटक दन्तचिकित्सकलाई दाँत देखाउने ।
– ब्रस गर्दा दाँतमा अड्किएको सबै खानेकुरा बाहिर ननिस्किएको हुन सक्छ त्यसैले दाँतलाई डेन्टल फ्लसको प्रयोग गरेर सफा गर्नु पर्छ ।